जब ड्युटीमा रहेका प्रहरीले नै अनुशासन गुमाउँछन्

जब ड्युटीमा रहेका प्रहरीले नै अनुशासन गुमाउँछन्
सुन्नुहोस्

काठमाडौं : प्रहरी प्रधान कार्यालयले माघ ७ गते एक सूचना सार्वजनिक गरेको छ। सूचनामा भरतपुर महानगरपालिका बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियोको सम्बन्धमा ध्यानाकर्षण भएको बताइएको छ। पदीय मर्यादा र आचरणविपरीत क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न प्रक्रिया अगाडि बढाएको उल्लेख छ।

केही दिन अघिदेखि सामाजिक सञ्जालमा प्रहरीले एक व्यक्तिलाई बुटैबुटले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। भरतपुरको बाइपास रोडमा रातको समयमा ‘चेकिङ’ गर्ने क्रममा कागजपत्र माग्दा नदिएपछि असई बुद्धिबहादुर भुजेलले ती युवकमाथि बुट बजारेका थिए।

सडकमा ड्युटीमा रहेका भुजेलले सडक किनारामा भएका मोटरसाइकल चालकलाई भुइँमा लडाएरै कुटपिट गरेका थिए। निकै आक्रोशित बनेका भुजेलले ती व्यक्तिको खुट्टा, शरीर र टाउकोमा समेत बुटैबुटले प्रहार गरेका थिए। घटनाको विषयमा बेखबर प्रहरी संगठन सामाजिक सञ्जालमा भिडियो बाहिरिएपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो। साथै घटनाको छानबिन गर्नका लागि समिति गठन गरेको हो।

000

गत वर्षको पुसमा ललितपुरको बालकुमारीमा प्रहरीले अनुशासन र संयम गुमाउँदा दुई जना युवाको ज्यान गएको थियो। कोरिया भाषा परीक्षाको विषयमा आन्दोलनरत युवाहरूमाथि प्रहरीले गोली चलाएको थियो।

000

सुन तस्करीमा संलग्न भएको आरोप पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीका तत्कालीन डीएसपी ठगबहादुर केसी प्रहरी सेवाबाट बर्खास्त भएका थिए। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले २०८० साउनमा उनलाई प्रहरी सेवाबाट बर्खास्त गरेको थियो। उनी एक व्यक्तिलाई सार्वजनिक कार्यक्रममै लात्ती प्रहार गरेर पोखरीमा धकेलेको घटनामा पनि चर्चित भएका थिए।

000

प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०८०/०८१ मा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी विभागीय कारबाहीमा परे। जसमा २ जना एसएसपीसमेत छन्। विभागीय कारबाहीमा पर्ने अन्यमा ४ जना एसपी र ११ जना डीएपी छन्। अन्य विभिन्न पद र मर्यादाका प्रहरी कर्मचारी विभिन्न कसुरमा विभागीय कारबाहीमा परे।

यो आव सुरु भएपछि आव २०८१/०८२ को ६ महिनामा १ हजार ५७ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। जसमा १ जना एसएसपी, २ जना डीएसपी र अन्य विभिन्न पद र मर्यादाका प्रहरी कर्मचारी छन्।

ड्युटीमा रहँदै आखिर किन गुमाउँछन् त संयम ?

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार संयम र अनुशासन गुमाउने प्रहरी संगठनको कमजोरी नभएर व्यक्ति विशेषको कमजोरी भएको स्विकार्छन्। उनी भन्छन्, ‘कमजोरी नै नभएको अन्य संगठन पनि त हँुदैन, केही घटनालाई लिएर समग्र संगठनलाई दोष दिनु गलत हो। काम गर्ने सिलसिलामा कहिलेकाहीँ आवेशमा यस्ता घटना घट्न सक्छ। लामो समयसम्म योजना बनाएर यस्ता घटना घटाउनेभन्दा पनि ससाना कुरामा रिस नियन्त्रण गर्न नसक्दा र आवेशमा यस्ता घटना घट्ने गर्छन्। जुनसुकै बहानामा अनुशासनहीन काम गरे पनि संगठनमा भने क्षम्य नहुने प्रवक्ता आचार्यको तर्क छ।

प्रवक्ता आचार्य अगाडि भन्छन्, ‘कानुनको रक्षा गर्ने र संरक्षण गर्ने ठाउँमा रहेको प्रहरी कर्मचारीले आवेश र रिस नियन्त्रण गर्न जरुरी छ। जायज कारण नै भए पनि यस्ता यातना र कुटपिटका घटनालाई संगठनले माफी गर्दैन। ऊ माथि विभागीय कारबाही नै हुन्छ। उसको कसुरअनुसार कुन खालको अपराध गरेको छ, प्रहरी नियमावलीबमोजिम नै कारबाही हुने डीआईजी आर्चायले जानकारी दिए।’

प्रहरी संगठनभित्र आचरण र पदीय मर्यादा सिकाउनका लागि संगठनले पनि विभिन्न आन्तरिक कार्यक्रमहरू चलाउँदै आएको छ। प्रहरी र नागरिकको सम्बन्धमा निकटता ल्याउन समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि चलिरहेको छ। यस्तै प्रहरी मेरो साथीलगायतका स्लोगन राखेर प्रहरी संगठनले काम गरिरहेको प्रवक्ता आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.