प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं: प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ। असोज २ गते दुई नं. प्रदेश हुने तेस्रो चरणको स्थानीय चुनावका साथै प्रदेश र संघीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलको बैठक बोलाएका हुन्।

निर्वाचन आयोगले प्रदेश र संघीय चुनावको मिति यथाशक्य चाँडो घोषणा गर्न सरकारलाई ताकेता गरिरहेकाे छ। तीन दलको बैठक सुरु हुनु अघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासंग भेट गरेका थिए। उनीहरुले निर्वाचनको मिति चाँडो घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु तीन दलका शीर्ष नेताहरु सहभागि बैठकमा संविधान संशोधनका विषयमा समेत छलफल हुने बताइएको छ। सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने असहमति राख्दै आएको छ। एमालेको समर्थन विना संशोधन प्रस्ताव पारित हुने अवस्था छैन। संविधान संशोधन विना निर्वाचन नजाने राष्ट्रिय जनता पार्टीले अडान राख्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.