सदा परिवारलाई तरुण दलको सहयोग

सदा परिवारलाई तरुण दलको सहयोग

काठमाडौ‌: अन्त्येष्टि गर्ने ठाउँ नपाएपछि नाबालक छोरालाई कोसीमा बगाउने सप्तरीका सदा परिवारलाई नेपाल तरुण दलले आर्थिक सहयोग गरेको छ।


तरुण दलले बाढीबाट ज्यान गुमाएका ६ बर्षीय बालक कमल सदाका आफन्तलाई बुधबार सहयोग गरेको हो। मृतक बालकका बाबु फुदन सदालाई २५ हजार रुपैया काजक्रिया गर्न सहयोग गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।

बाढीपहिरो पीडितका लागि राहत संकलन गरिरहेको तरुण दलका तर्फबाट काठमाडौंका मुकुन्द अधिकारीले सदा परिवारलाई उक्त सहयोग रकम दिएको बस्नेतले बताए।

बाढीले सबै क्षेत्र जलमग्न भएर अन्त्येष्टि गर्ने ठाउँ समेत नपाएपछि मृतक बालकलाई उनका काकाले कोसीमा छोड्दै गरेको तस्विर सार्वजनिक भएको थियो। यतिबेला सबैतिर उक्त तस्विरको चर्चा भइरहेको छ। यूरोपियन प्रेस फोटो एजेन्सीका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.