तरुण दलले गर्यो जिल्ला अध्यक्षलाई कारवाही

तरुण दलले गर्यो जिल्ला अध्यक्षलाई कारवाही

काठमाडौं: नेपाल तरुण दलले आफ्ना सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जेे लामा(हाउडे) लाई कारवाही गरेको छ।

पार्टीको विधानविपरीत कार्य गरेको भन्दै लामालाई तरुण दलले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाउको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उनलाई अध्यक्षको जिम्मेवारीसहित संगठनको साधारण सदस्यबाट समेत निष्काशन गरिएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, लामाले संगठनको विधान विपरीत अराजनीतिक कार्य गरेकाले उनको बहिर्गमनसंगै संगठनमा थप निखारता आउने छ।

उनी पछिल्लो समय नेकपा एमाले प्रवेश गर्न लागेको चर्चा चल्दै आएको छ। उनी एक बर्ष अघि मात्र तरुण दल सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष चयन भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.