बाढीपीडितका लागि कांग्रेसद्वारा एक करोड संकलन
काठमाडौँ: नेपाली कांग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ।
केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो।
सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरे। उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५-११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिए। रासस