बाढीले पुर्‍याएको क्षति :दुई अर्ब ८१ करोडको दाबी बिमा

बाढीले पुर्‍याएको क्षति :दुई अर्ब ८१ करोडको दाबी बिमा

काठमाडौं : साउन अन्तिम साताको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएपछि बिमा कम्पनीहरूमा एक अर्ब ८१ करोडको दाबी बिमा परेको छ। तराईमा आएको बाढीका कारण क्षति पुगेका बिमितले बिमा गरेको कम्पनीसँग यो दाबी बिमा माग गरेका छन्। बाढीयता करिब तीन साताको अवधिमा १६ वटा निर्जीवन बिमा कम्पनीमा पाँच सय ३० वटा बिमितले एक अर्ब ८१ करोड नौ लाख ६७ हजार रुपैयाँ बिमा दाबी गरेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले जानकारी दिए।

नेसनल इन्सुरेन्स कम्पनीमा सबैभन्दा बढी दाबी बिमा परेको छ। यो कम्पनीमा ५६ करोड ८४ लाख रुपैयाँको दाबी परेको बिमा समितिको तथ्यांकमा उल्लेख छ। सबैभन्दा थोरै हिमालयन जनरल इन्स्सुरेन्स कम्पनीमा २२ लाख रुपैयाँको मात्रै दाबी परेको छ। तथ्यांकअनुसार अग्नि, मोटर र इन्जिनियरिङतर्फ चार सय ६० वटा बिमितले र एक अर्ब ७५ करोड ३९ लाख रुपैयाँको दाबी गरेका छन्। यस्तै, बाली र पशुधनतर्फ ७० वटाको संख्यामा पाँच करोड ७० लाख ६६ हजार रुपैयाँको दाबी परेको छ।

 

बाढीपहिरोका कारण दुई सय ५४ अग्नि बिमामा सबैभन्दा बढी रकमको दाबी परेको छ। अग्नि बिमामा मात्रै एक अर्ब २८ करोड १८ लाख रुपैयाँको दाबी बिमा परेको छ। इन्जिनियरिङ बिमातर्फ निर्माणाधीन आयोजनामा भएको क्षतिका कारण ३६ करोड ४७ लाख दाबी बिमा परेको छ। इन्जिनियरिङ बिमाकै निर्माण सम्पन्न भैसकेका ७५ वटा आयोजनाको आठ करोड ६२ लाख बिमा दाबी परेको छ। एक करोड ४८ लाखको मोटर र ६२ लाखको सामुद्रिक बिमा दाबी परेको समितिले जनाएको छ।

बाली र पशुबिमातर्फ २९ वटा बालीमा ३९ लाख ९५ हजार र पशुपंक्षी बिमामा पाँच करोड ३० लाख रुपैयाँको दाबी परेको छ। बिमितले दाबी गरेपछि कम्पनीले बिमाको मूल्यांकन गर्न सर्भेयर खटाउँछन्। सर्भेयरले उक्त दाबी सही छ कि छैन भनी बिमा गरिएको सम्पत्तिको मूल्यांकन गर्छन्', चापागाईँले भने, ‘सर्भेयरले फिल्डमा गएको १५ दिनभित्र क्षति भएको सम्पत्तिको मूल्यांकन गरी त्यसको रिर्पोट सम्बन्धित बिमा कम्पनीमा बुझाउँछन्।

कतिपय अवस्थामा सर्भेयरले गरेको मूल्यांकन समेत कम्पनीलै चित्त नबुझाउने अवस्था हुन्छ। यसो भएमा कम्पनीले पुनः मूल्यांकन गर्न सर्भेयर खटाउँछ। त्यसपछि सर्भेयरले ल्याएको प्रतिवेदनको आधारमा दाबी दिनको लागि कम्पनीमा बोर्ड मिटिङ बसी भुक्तान दिने हो', चापागार्इँले भने।
बिमाको विश्वासनियता भनेको जतिसक्दो छिटो पीडितलाई क्षतिपूर्ति दिलाउनु हो। ‘बिमा कम्पनीले जति चाँडो दाबी भुक्तानी गरेर जनताको विश्वास जित्नुपर्छ', उनले भने।

बाढीले क्षति पुर्‍याएका दाबी बिमाको भुक्तान जति सक्दो छिटो हुनुपर्छ भन्ने पक्षमा समिति उभिएको छ। यी सबै प्रक्रिया पूरा गर्न एक महिना लाग्ने समितिको बुझाइ छ। यदि कम्पनीले गरेको निर्णय बिमितलाई चित्त नबुझे उसले समितिमा उजुरी गर्न पाउँछ। समितिले उनीहरूलाई बिमा रकम भुक्तान गराउन पहल गर्ने अध्यक्ष चापागाईले बताए।

तीन साताको अवधिमा १६ वटा निर्जीवन बिमा कम्पनीमा पाँच सय ३० वटा बिमितले एक अर्ब ८१ करोड नौ लाख ६७ हजार रुपैयाँ बिमा दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.