कृषि मेला आयोजना हुने

कृषि मेला आयोजना हुने

काठमाडौं : काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा कृषि मेला आयोजना हुने भएको छ। भदौ २९ देखि ३१ गतेसम्म ‘एग्रो ट्रेड एन्ड इन्भेस्टमेन्ट एक्जिविसन एन्ड कन्फ्रेन्स' आयोजना हुन लागेको हो। कृषि तथा पशुपन्छी सेवा विभाग, नेपाल एग्री बिजनेस इन्नोभेसन सेन्टर र नेपाल डेरी एसोसिएसनसँग सहकार्यमा इभेन्ट म्यानेजमेन्ट कम्पनी हाउस अफ राजकर्णिकारले मेला आयोजना गर्न लागेको हो। मेलामा एक सय २५ वटासम्म स्टल रहने आयोजक कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

 

मेलामा डेरीसम्बन्धी १५/१६ वटा स्टल रहनेछन् भने कफी तथा चियाका १० वटा स्टल रहने हाउस अफ राजकर्णिकारका अध्यक्ष वीरेन्द्र राजकर्णिकारले जानकारी दिए। मेलामा भारतका ८/१० वटा र चीनका चारवटा स्टल रहने उनको भनाइ छ। यस्तै एनजीओ र आईएनजीको पनि मेलामा सहभागिता रहनेछ। मेलामा मह, पोल्ट्री, माछा, फलफूल, तरकारी, मलखाद, खाद्यन्न, कृषि औजार, कृषिमा विकास भएका आधुनिक प्रविधिलगायतका स्टल रहनेछन्।

कृषि उत्पादनको बजार प्रवद्र्धन र कृषिको स्तर वृद्धिका लागि मेला आयोजना गर्न लागिएको राजकर्णिकारले बताए। ‘तीन वर्षको प्रयासपछि हामी मेला आयोजनाको अन्तिम चरणमा पुगेका छौं, यसअघि प्रयास गरे पनि सफलता मिलेको थिएन', उनले भने, ‘कृषिक्षेत्रमा लगानी बढाउन, व्यापार बढाउन, कृषकको क्षमता अभिवृद्धि गर्न मेला प्लेटफर्म हुनेछ।'

पछिल्लो समय नेपालको कृषिक्षेत्रमा लगानी बढ्दै छ। तर, लगानी अपेक्षित रूपमा भने बढ्न सकेको छैन। मेलाको उद्देश्य नै कृषिमा ठूला व्यावसायिक घरानालाई पनि आकर्षित गर्नु रहेको राजकर्णिकारले बताए। मेलामा कृषिसम्बन्धी गोष्ठी हुनेछन्। कृषिका लगानीकर्तालाई बोलाएर गोष्ठी गरिने उनले बताए। यस्तै, बी टू बी मिटिङ पनि गरिने भएको छ।

मेलामा डेरीसम्बन्धी १५/१६ वटा स्टल रहनेछन् भने कफी तथा चियाका १० वटा स्टल रहनेछन्।

‘गोष्ठीमा कृषि उत्पादन र कृषिमा आधारित उद्योगको कसरी स्केल अप गर्न सकिन्छ भन्ने विषयमा फोकस हुनेछ, कृषिमा नयाँ लगानीकर्ता आउनुपर्छ, अहिले भइरहेका लगानीकर्ताले पनि लगानी बढाउनुपर्छ', राजकर्णिकारले भने, ‘मेलाको उद्देश्य भनेकै लगानीकर्तामा उत्साह थपिदिने र लगानीका लागि उत्प्रेरित गर्नु हो।'

कृषिका लगानीकर्ता, व्यवसायी र किसान सबैलाई एकै छानामुनि प्राविधिक एवं आर्थिक ज्ञान दिने उद्देश्य राखिएको छ। मेलामा कृषकलाई कृषिको ज्ञान दिनका लागि लागि मेला अवधिभर विज्ञहरूको उपस्थित रहने बताइएको छ। लगानीकर्ताको बीचमा गोष्ठी आयोजना गरेर कृषिमा लगानी बढाउन पहल गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.