टयाक्सीमा जडान हुने २२४ मिटरसहित सञ्चालक प्रहरी नियन्त्रणमा

टयाक्सीमा जडान हुने २२४ मिटरसहित सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौ : टयाक्सीमा जडान हुने २२४ वटा मिटरसहित ती मिटर जडान गरी बिक्री गर्ने धिरेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर १६ बसन्तपुरबाट २७ बर्षीय धिरेन्द्र फुयाललाई ती मिटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रहरीका अनुसार कार्गो मार्फत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भन्सार छलेर ल्याइएका मिटर नियन्त्रणमा लिइएको हो । केहि समययतादेखि ती मिटर काठमाडौ खरिद बिक्री हुने गरेको बिशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको हो ।

 


इजी वे इलेक्ट्रोनिक इन्टरप्राइज नामक टयाक्सी मिटर विक्री तथा मर्मत केन्द्रका सञ्चालक रहेका दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भएका फुयाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भन्सार छलेर ल्याइएका बिभिन्न सिरियल नम्बरका २२ लाख ४० हजार मूल्य बरावरका दुई सय २४ वटा मिटर प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई कार्वाहीका लागि राजस्व अनुसन्धान बिभागमा बुझाइएको प्रहरी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.