समृद्धिका लागि सहकार्य आवश्यक

समृद्धिका लागि सहकार्य आवश्यक

काठमाडौं: नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले मुलुकमा अहिले विकासको लहर आएको बताएका छन् । आर्थिक उदारीकरणपछि २०४८ सालमा मुलुकले हासिल गरेको उच्च आर्थिक वृद्धिदर २४ वर्षपछि पुनः प्राप्त भएको उनको भनाइ छ। गत आर्थिक वर्षमा मुलुकले ६.९२ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल गरेको थियो।

‘विगतको अढाई दशक मुलुक अनुत्पादक द्वन्दमा रुमलियो । यसैले खेर गएको २५ वर्षमा गर्न नसकेको काम पाँच वर्षभित्र गर्नेगरी आर्थिक पत्रकार पनि उच्च मनोबल र ऊर्जासहित समृद्ध नेपालको लक्ष्यमा एकाकार हुनुपर्छ' सोमबार आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिसँग चौधरीले आग्रह गरे।

सेजनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधारको क्रमलाई सघाउने गरी पत्रकारिता गर्न आग्रह गरे। ‘नयाँ संविधान कार्यान्वयनको चरणमा छ, अब मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र आर्थिक पत्रकार सक्रिय हुनुपर्छ', उनले भने, ‘मुलुकमा औद्योगिक वातावरण सिर्जना गर्न, उत्पादनशील लगानी प्रवद्र्धन गर्न र आर्थिक सुधारको कार्यक्रमलाई अगाडि बढाउन तथ्यांक र अनुसन्धानमुखी पत्रकारिता गर्नुपर्छ।'

सेजनका नवनिर्वाचित अध्यक्ष पुष्पराज आचार्यले आर्थिक समृद्धिको लागि उपयुक्त वातावरण सिर्जना गर्नु, तथ्यमा आधारित वस्तुपरक रिपोर्टिङ गर्नु एवं समयसापेक्ष एजेन्डामा आर्थिक बहस गरी नीति निर्मातालाई घच्घच्याउनु सेजनको व्यावसायिक उद्देश्य भएको बताए। परिसंघसँग आवधिक रूपमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन, नीतिगत बहसको थालनी एवं द्विपक्षीय ढंगबाट ज्ञान र सूचना आदान प्रदान गर्न सेजन तत्पर रहेको उनको भनाइ छ। परिसंघका वरिष्ठ उपाध्यक्ष शतिस मोरले सकारात्मक सोच एवं अवधारणाको विकास सबैमा हुनुपर्ने आवश्यकता औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.