दसैंका बेला पनि भएन सडक मर्मत

दसैंका बेला पनि भएन सडक मर्मत

जाजरकोट : वर्षात्ले अवरुद्ध ग्रामीण सडक मर्मत नहुँदा दुर्गमका बासिन्दालाई सास्ती भएको छ । आधा दर्जन सडक मर्मत गरी सञ्चालन गर्न सम्बन्धित निकायले चासो दिएका छैनन् । जिल्लाका सडक ठाउँ-ठाउँमा पहिरोले अवरुद्ध बनेका छन् । यातायातका साधन नचल्दा दुर्गममा दैनिक उपभोग्य सामान आपूर्ति गर्न निकै समस्या परेको छ । दसैं नजिकिँदै गर्दा दुर्गम गाउँघर पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । सदरमुकामबाट गाउँसम्म पुग्न २-३ दिन नै पैदल हिँड्नुपर्छ । सदरमुकाम र गाउँ जोड्ने कतिपय सडक पैदल हिँड्नसम्म नहुने गरी पहिरोले लगेको छ । स्थानीयले गाडी चढ्ने उत्साहका साथ खनेका अधिकांश सडक नाम मात्रका छन् ।

 

खलंगा-पाँचकाटिया, भुर-स्याउली, बोहरा-पासाडाड-छिप्रेना, छेडा-मोर्क-थलह, खलंगा-रिम्ना सडक ठाउँ-ठाउँमा पहिरोले तीन महिनादेखि अवरुद्ध छन् । जाजरकोट-डोल्पा सडकअन्तर्गत ठाँटी बजारमा पहिरो गएपछि खलंगा-रिम्ना खण्ड तीन सातायता ठप्प छ । पाँच करोडभन्दा धेरै लागत लाग्ने भन्दै भेरी नगरपालिकाले मर्मत गर्न नसक्ने जनाएको छ भने सडक डिभिजनले कुनै चासो देखाएको छैन । जिल्लाभरका ग्रामीण सडक मर्मत गर्न १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने जिल्ला समन्वय समितिले जनाएको छ ।

सडक निर्माणका नाममा करोडौं रकम खर्च भइसक्दा पनि स्थानीयले यातायात सुविधा पाउन सकेका छैनन् । जिल्लामा दर्जनौं सडक खनिएका छन् तर यातायात सेवा सदरमुकाममा सीमित छ । दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न समस्या भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सूर्यबहादुर शाहीले बताए । अवरुद्ध सडक मर्मत गर्न बजेट नभएको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति, ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम, सडक डिभिजन, सहरी विकास तथा भवन डिभिजन, गाउँ तथा नगरपालिकाबाट एक अर्ब रुपैयाँभन्दा बढी लागतका सडक खनिएका छन् । ग्रामीण, कृषि, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने, पर्यटन, क्षेत्रीय, नगरपालिका तथा गाउँपालिका जोड्ने, रणनीतिक, पहुँचमार्ग, निर्वाचन क्षेत्रगत तथा जिल्ला सडक गरी एक सयभन्दा बढी सडक खनिएका छन् ।

डोजर प्रयोग गरी जथाभावी खन्दा बर्सेनि सडक अवरुद्ध हुने गरेको नागरिक अगुवा खिमबहादुर शाहीले बताए । सडकको पहुँच विस्तार नहुँदा बिरामीलाई अस्पताल ल्याउन, दैनिक उपभोग्य सामान ढुवानी र यात्रामा समस्या भएको उनको भनाइ छ । दशकअघि निर्माण भएका सडकमा पनि बाह्रै महिना यातायात सञ्चालन हुन सकेको छैन । अहिले छिन्चु-जाजरकोट सडक मात्र सञ्चालनमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.