दसैलार्इ खाद्यको पाँच सय खसी बोका
तुलसीपुर : नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, दाङले हिन्दुहरुको महानचाड वडा दशैं तथा तिहारको लागि पााच सय खसी बोका खरिद गर्ने भएको छ । उपभोक्ताको सहजताका लागि खरिद गरेर उपभोक्तालाई नै विक्रि गर्ने गरि दाङबाट ५ सय खसीबोका खरिद गर्न लागिएको खाद्य सस्थानले जनाएको छ । दशैलाई लक्षित गरि जिल्लामा खसी वोका खरिद गरि केन्द्रीय कार्यालयमा पढाउने तयारी भएको खाद्य संस्थान अञ्चल कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद चौधरीले बताए ।
दशैमा खाद्य सस्थानले विभिन्न जिल्लाहरुबाट खसी बोका खरिद गरि काठमाण्डौमा ल्याउने र विक्रिगर्ने परमपरालाई यस वर्ष पनि निरन्तरता दिए अनुसार दाङबाट पनि पाँच सय खसीबोका काठमाडौँ पठाउन लागेको चौधरीले जानकारी दिए । राजधानीको बजार धान्न आवश्यक पर्ने खसिवोका उपलब्धताका लागि संस्थानको केन्द्रीय कार्यालयले निर्देशन दिए पछि तुलसीपुरले पनि खरिद गर्न लागेको निमत्त कार्यालय प्रमुख चौधरीलेको भनाई छ ।
प्रमुख चौधरीले खाद्य संस्थान तुलसीपुरले जिल्लामा खसि र वोका गरि ५ सय खरिद केन्द्रीय कार्यालयमा पठाउने छ । त्यहाबाट उपभोक्ताले बजार मुल्य भन्दा सहुलियतमा किन्न पाउनेछन । दाङ कार्यालयलले गत वर्ष २ सय खसी वोका खरिद गरि काठमाडौ पठाएको खाद्य संस्थानले यो वर्ष ५ सय खसीवोका खरिदको तयारी गरेको हो ।
गतवर्ष खसी ३ सय ७५ र वोका ३ सय ५५ रुपैया जिउँदो प्रतिकेजी खरिद गरेको खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले यो वर्षा भने अझेै थोक मुल्य निर्धारण नगरेको चौधरीले जानकारी दिए । जिल्ला दररेट निर्धारण समितिको निर्णय भएपछि असोज २ गते देखि जिल्लामा खसिवोका खरिद कार्य शुरु गर्ने तयारीमा कार्यालयको रहेको चौधरीले वताए । उनका अनुसार संस्थाले गाउँमा गएर खरिद प्रक्रिया नबढाउने र कार्यालयमै ल्याएका खसि बोका मात्रै खरिद गर्ने वताएको छ । गाउँमा जादा ढुवानी सहितका समस्यष हुने हुँदा आह्वान गरेर कार्यालयबाटै खरिद गर्ने सोच बनाएका छौ, चौधरीले भने, संस्थानको कार्यालयमै लिएर आउने किसन संग संस्थानले तोकेको मुल्यमा किन्छौ ।
सुपथ मुल्यको पसल सञ्चालन
यसै गरेर दशै तिहार र छठलाई मध्यनजर गरेर दाङमा सस्तो पसल सञ्चालनमा आएको छ । नेपाल साल्ट्र टेडिङले दाङको घोराहीमा सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको हो । चिनी, नुन लगायतका सामग्रीहरु शुपथ मुल्यको पसलबाट उपलब्ध हुने छ । बजारको मुल्य भन्दा १० प्रतितसम्म कम मुल्यमा सामान उपलब्ध गारइने गरेको छ ।
क्याप्सन
नेपाल खाद्य सस्थानका अञ्चल कार्यालय तुलसीपुर दाङ ।