भर्तीमा ‘पैसाको चलखेल'

भर्तीमा ‘पैसाको चलखेल'

पोखरा : इन्द्रा थापाका छोरा बेलायती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । नतिजा आउने दिनभन्दा साताअघि नैे असफल भएको सूचना आयो । ‘भदौ २४ गते रिजल्ट आउँछ भनेका थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं', इन्द्राले भनिन्, ‘भर्ती गराइदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।'

 

भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दलालविरुद्ध आफूले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग आयोगसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए । ‘भर्तीमा पैसाको खेल हुन्छ भन्ने धेरैलाई थाहै छ', उनले भने ।

बेलायती सेना र सिंगापुर प्रहरी भर्ती प्रक्रियामा गडबडी हुने गरेको दाबी गर्दै पिपल्स एक्सन पार्टी र गोर्खा जस्टिस पोखराले पत्रकार सम्मेलन गरेका हुन् । पिपल्स एक्सनका अध्यक्ष बलराम थापा मगरले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने युवालाई पनि फेल गराएको बताए । भने, ‘अनुचित लाभका आधारमा आफैंले चाहेका व्यक्तिलाई भर्ती लिने गरेका छन् ।'

उनका अनुसार पुलअप १८, सिटअप ११२ पटक गरेको र आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गर्ने योग्य व्यक्तिको नाम छनोटमा परेन ।
पोखरामा विभिन्न तालिम केन्द्रले भर्तीका लागि प्रशिक्षण चलाउँछन् । तीमध्ये सेटिङ मिलेका प्रशिक्षण केन्द्रबाट त्यहींको पोसाक लगाएर गएकाहरूलाई छनोट गर्ने गरेको उनको भनाइ थियो । ‘फलानो तालिम केन्द्रबाट आएको भनेर चिनिने गरी जान नपाउने व्यवस्था हुनुपर्ने हो', उनले भने, ‘तर, त्यस्तो छैन ।' पैसा बुझाउन नसकेकै कारण थुप्रै योग्य युवा भर्तीबाट वञ्चित भएको उनले सुनाए ।

सिंगापुर पुलिसमा भर्ती लिन आएका अफिसरले आफ्नो गाउँका युवा मात्र छनोट गरेको आरोप पनि उनले लगाए । ‘यहाँ उनीहरूको ठूलो सञ्जाल छ, कसैले चुइँक्क बोल्न सक्ने अवस्था पनि थिएन', उनले भने, ‘त्यसैले हामीले आवाज उठायौं ।' गोर्खा जस्टिसका अध्यक्ष नरेश गुरुङले डिजिटल स्कोर बोर्डबाट नजिता सार्वजनिक गर्नुपर्ने व्यवस्थाको खाँचो औंल्याए ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.