इन्टरनेटमा प्रतिस्पर्धा बढाउन आईएसपी थपिँदै

इन्टरनेटमा प्रतिस्पर्धा बढाउन आईएसपी थपिँदै

काठमाडौं : इन्टरनेट सेवालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सरकारले नयाँ कम्पनीलाई अनुमति प्रदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा नयाँ इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)लाई हालै सञ्चालन अनुमति दिने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले झापाको पाथीभरा नेटवर्क, गोरखाको हिमालयन गोर्खा नेट, काठमाडौंका सिटी नेट, प्राइम नेट र केसीएन नेटलाई अनुमति दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यी कम्पनीले गत जेठदेखि नै आवेदन दिएको भए पनि आवश्यक प्रक्रिया पुर्‍याउँदा ढिलो भएको र प्राधिकरणले पनि एकैपटक पाँचवटैको निर्णय गरेको उनको भनाइ छ ।

 प्राधिकरणले इन्टरनेट कम्पनीबाट लाइसेन्स शुल्कबापत तीन लाख रुपैयाँ शुल्क लिने गरेको छ । प्राधिकरणबाट अनुमति लिएका सबै सेवाप्रदायकले कुल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्नुपर्छ । यस्तो शुल्कलाई प्राधिकरणले ग्रामीण क्षेत्रकै दूरसञ्चार सेवा विस्तारमा खर्च गर्न थालेको छ ।

प्राधिकरणबाट हालसम्म एक सय नौ वटा कम्पनीले इन्टरनेटको सेवा सञ्चालन गर्ने गरी अनुमति लिएका भए पनि सञ्चालनमा भने ७२ वटा मात्रै छन् । ३७ वटा सेवा सञ्चालन नगरेका, नवीकरण गरेका वा प्राधिकरणले तोकेको सर्त पालना नगरेका कारण खारेजीमा परेका छन् । यसमध्ये २२ वटा मात्रै सक्रिय रहेको प्राधिकरणको एमआईएस प्रतिवेदनले आौंल्याएको छ । नयाँ थप भएका पाँचवटा कम्पनीपश्चात् प्राधिकरणको मान्यताप्राप्त अनुमति लिने इन्टरनेटको संख्या ७७ पुगेको छ ।


नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले झापाको पाथीभरा नेटवर्क, गोरखाको हिमालयन गोर्खा नेट, काठमाडौंका सिटी नेट, प्राइम नेट र केसीएन नेटलाई अनुमति दिने निर्णय गरेको छ ।

प्राधिकरणको गत असार मसान्तसम्मको तथ्यांकअनुसार दुई दर्जन इन्टरनेट सेवाप्रदायकको ग्राहक संख्या दुई लाख ४८ हजार छ । यसमध्ये बजार हिस्सा बढी भएका कम्पनीमा वल्र्डलिंक कम्युनिकेसनका एक लाख ६ हजार, सुबिसु केबलनेटनका ६१ हजार, भायनेटका ३० हजार, क्लासिक टेकका १२ हजार, वेबसर्फरका र ब्रोडलिंकका ११/११ हजार प्रयोगकर्ता छन् ।

भएकै इन्टरनेटको सेवालाई प्रभावकारी बनाएर मात्रै नयाँ कम्पनी थप गर्नुपर्ने भन्दै इन्टरनेट सेवाप्रदायक संघले भने पटकपटक सरकारलाई आग्रह गरिरहेको छ । इन्टरनेटमा हाल दूरसञ्चार सेवाप्रदायक कम्पनीकै प्रयोगकर्ताको बाहुल्य छ । अहिले एक करोड ५८ लाख इन्टरनेट प्रयोगकर्तामध्ये दुई लाख ४८ हजार मात्रै प्रयोगकर्ता आईएसपीका छन् । बाँकी एक करोड ५५ लाख सेवाग्राही भने टेलिकम कम्पनीकै छन् ।

यी सेवाग्राहीमा पनि इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा बढी हिस्सा ओगट्न नेपाल टेलिकम सफल छ । यसले मोबाइल इन्टरनेट ८० लाख ५१ हजारलाई दिएको छ । अन्य प्रविधिबाट तीन लाख ३८ हजार प्रयोगकर्तालाई इन्टरनेट दिएको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेटको सेवा दिने दोस्रो प्रमुख कम्पनीमा एनसेल छ । यो कम्पनीले ६९ लाख ५४ हजारलाई हालसम्म मोबाइल इन्टरनेट पुर्‍याएको छ । यो कम्पनीले टेलिकमको जस्तो इन्टरनेटलाई विविधीकरण गरेको छैन । यसले मोबाइल सेवा मात्रै सञ्चालन गरिरहेकाले पनि मोबाइल इन्टरनेलाई विस्तार गरिरहेको छ ।

प्राधिकरणका अनुसार आईएसपीका संख्या बढी हुँदा बजारमा प्रतिस्पर्धा भई ग्राहकले सस्तोमा सेवा पाउँछन् । ग्राहकले पाउने सेवासुविधा तथा सेवाप्रदायबीच हुने स्वस्थ प्रतिस्पर्धाले नै बजार बनाउँछ भन्ने मान्यताका आधार नयाँ इन्टरनेट कम्पनीलाई अनुमति दिने गरेको प्रवक्ता आर्यालको भनाइ छ । प्राधिकरणका अनुसार प्रतिस्पर्धात्मक बजारमा राम्रा कम्पनी टिक्छन् भने सेवामा कमजोर भएका र आफ्नो बजार विस्तार गर्न नसक्ने कम्पनी बन्द हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.