ताप्लेजुङका सबै गाउँपालिका बैंकविहीन

ताप्लेजुङका सबै गाउँपालिका बैंकविहीन

ताप्लेजुङ : जिल्लाका आठवटै गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ। फुङलिङ नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा बैंकका शाखा छैनन्। यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ। स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता ग्रामीण भेगका नागरिकमा रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पूर्ण सिटौलाले बताए।

 

बैंकको कामकै लागि दुई दिन लगाएर सदरमुकाम आउन बाध्य भएको फक्ताङलुङ गाउँपालिकाका पासाङ शेर्पाले बताए। ‘गाउँमा बैंकको शाखा छैन। त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता छ। चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। तर, हाल सबै स्थानमा बैंक खाता नपुगेकाले स्थानीयले समयमै भुक्तानी पाउन सकेका छैनन्।


सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो। तर, अहिले सदरमुकाममा मात्र कृषि विकास बैंक, नेपाल बैंकलगायत आधा दर्जनभन्दा बढी निजी बैंकले सेवा दिइरहेका छन्।

सरकारले स्थानीय तहमा जाने सबै बजेट गाउँपालिकाको खातामा पठाएको छ। स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ। यसले गर्दा तलब निकासा गर्नसमेत झन्झट भएको मिक्वाखोला गाउँपालिकाको सिंहेश्वरी आधारभूत विद्यालयका शिक्षक नवीन गुरागाईंले बताए। ‘प्रक्रिया सबै गाउँमा मिलाउनुपर्छ, पैसा निकाल्न सदरमुकाम आउनु पर्छ', उनले भने। गाउँपालिकामा कर्मचारी व्यवस्थापनसमेत भइनसकेको अवस्थामा पहिलेभन्दा अहिले बढी समस्या भोग्नु परेको उनको भनाइ छ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन्। बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको सिरिजंघा गाउँपालिका प्रमुख टीकाराम गुरुङले बताए। गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि जिल्लामै बसेर काम गर्न थालेका छन्। जनप्रतिनिधि कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राहीलाई असुविधा भएको छ।

सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो। अहिले सदरमुकाममा कृषि विकास बैंक, नेपाल बैंकलगायत आधा दर्जनभन्दा बढी निजी बैंकले सेवा दिइरहेका छन्। सरकारको निर्देशनपछि ताप्लेजुङका आठमध्ये पाँच गाउँपालिकामा शाखा खोल्न निजी बैंकहरूले तयारी थालेका छन्। फक्ताङलुङ गाउँपालिकामा जनता बैंक, सिरिजंघामा मेघा बैंक, आठराई त्रिवेणीमा नेपाल बैंक, मेरिङ्देनमा एनआईसी एसिया र मैवाखोलामा सनराइज बैंकले शाखा विस्तारको तयारी गरेका हुन्।

अधिकांश गाउँपालिकाको केन्द्रमा सञ्चारको सुविधा नपुगेको कारण तत्कालै गाउँमा बैंक सञ्चालनमा समस्या रहेको मैवाखोला गाउँपालिकाका शाखा विस्तारको जिम्मा पाएका सनराइज बैंक दमकका म्यानेजर गुरु रेग्मीले बताए। ‘पहिले सञ्चार र इन्टरनेटको पहुँच हुनुपर्छ। अनि सडक, बिजुली, सुरक्षालगायत आधारभूत पूर्वाधार पनि आवश्यक पर्छ', उनले भने। उनका अनुसार बैंकले शाखा स्थापनाका लागि गाउँपालिकालाई पत्राचार गरिसकेका छन्। याङ्वरक, मिक्वाखोला र सिदिङ्वा गाउँपालिकामा भने कुनै पनि बैंकले जाने इच्छा देखाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.