बजार अनुगमनमा जाँदा व्यापारीको भागाभाग

बजार अनुगमनमा जाँदा व्यापारीको भागाभाग

दार्चुला: महाकालीको व्यापारीक केन्द्र दार्चुला सदरमुकामका अधिकांश पसलमा म्याद गुज्रिएका खाद्यवस्तुहरु भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको बजार अनुगमनमा ७० प्रतिशत पसलका खाद्यसामग्रीको म्याद गुज्रिएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। 

सदरमुकामका ५५ पसलमा अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका सामग्री फेला परेको हो। विशेषगरी पेय पदार्थहरु कोकाकोला, फ्यान्टा, फ्रुटी, सःसजस्ता खाद्यवस्तुहरुको म्याद गुज्रिएको पाइएको सहायक प्रजिअ जोशीले बताए। यस्तै व्यवसायीहरुले म्याद सकिसकेका दाल, पिठो, चामलजस्ता खाद्य वस्तुहरुको विक्रि वितरण गरिरहेको पाइएको उनले बताए।

बजार अनुगमनका लागि सरकारी नेतृत्वको टोली आएपछि व्यापारीहरु पसल बन्द गरेर भागेका थिए। उनीहरुले बजार अनुगमनको विरोध समेत गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.