तरकारी बिमा नहुँदा कृषक मर्कामा

तरकारी बिमा नहुँदा कृषक मर्कामा

दार्चुला : तरकारीको बिमा नहुँदा व्यवसायिक कृषिमा आवद्ध किसान मर्कामा परेका छन्।केहि कमौला अनि खाउँला भन्ने आशाले महाकाली नगरपालीका वार्ड न ९ का अगुवा कृर्षक बिक्रमसिंह सामन्तले कांक्रा, गोलभेडा, खिरा लगायत बिभिन्न किसिमका तरकारी खेती गरेका छन्। मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका उनि पछिल्लो समयमा भने व्यावसाय बाट निराश हुन थालेका छन्।

 

झन्डै ८० रोपनी क्षेत्रफलमा करीब १२ सय बोट गोल भेडा, १५ सय बोट काँक्रा, ५ सय बोट गोबि, १ हजार बोट खिरा र ८ सय बोट बैगन लगाएको बारीमा अस्ती परेको अबिरल बर्षाले सम्पुर्ण तरकारी बारी नष्ट गरेपछि सामन्तको तरकारी व्यवसाय संकटमा परेको छ। कम्तीमा १२ लाख रुपैयाको लागतमा सुरु गरेको तरकारी खेती अहिले भने बगरमा परीणत भई जमिन बाजो रहेको छ भने तरकारी व्यवसाय घाटामा गएको छ। सबै मिलाएर ५ हजार बोट लगाएको बारीमा अहिले ५ सय बोट पनि छैनन् ‘उनले भने जमीनमा लगाएको तरकारी बाली मुसलेधारे पानी परी सखाप पारी सक्यो।' अर्गानिक जिल्ला घोषणाको प्रतिकुल प्रभाव अरु भन्दा पनि कृर्षकहरुलाई मात्र परेको सामन्तको भनाई छ।

तरकारी बालीमा किरा लागे पछित औषधि गरीन्थ्यो तर यो बैरी जती कसले सक्छ, ‘उनले भने यदि कुनै संघ संस्था निकायकालागी क्षती पुर्तीका लागी आसमा बसेका छौँ। दार्चुला जिल्ला कोआफु एक बरीष्ठ कृर्षक भएकोमा सामन्तले ठुलो गर्भ गरेका थिए। गर्भ नगर्नु पनि कसरी जिल्ला कुर्षिकार्यालय दार्चुला बाट पटक पटक उत्कृष्ट कृर्षकको रुपमा पुरस्कृत हुन पाउँदा उनि खुसि भएका थिए।

तर अहिले भने मात्र उहाँमा नैराश्यता छाएको छ, किनकी धेरै मिहेन्त गरी लगाएको बारीमा अहिले हेर्दा माटोमात्रै रहेको छ महाकाली नगरपालीका ९ का पार्वती धामीले भनिन्। यहाँ दत्तु ९ थाप्लाका कृर्षकहरुको अन्तीम आशा भनेको तरकारी बाट केहि राहत पाईन्छकी भन्ने छ। तर जिल्ला कुर्षि कार्यालयका प्रमुख सुर्य बरालले भने कृर्षि बाली तथा अन्य बालीहरुको दार्चुलामा अहिले सम्म कसैले पनि बिमा नगराएको बताउनु भयो।

जिल्ला कुर्षि कार्यालयको प्रतिृकृया पछि किसान तरकारी खेती गर्न नसक्ने अवस्थामा पुगेका छन्। अन्य बाली जस्तै तरकारी बालीको बिमा बनाउन नसक्नुको कारणका बारेमा आफुहरु स्पस्ट नभएको किसानहरुको गुनासो रहेको छ। किसानहरुले कुर्षि कार्यालयबाट जे जती भए पनि सहयोगको अपेक्षा राखेको अगुवा कृर्षक बिक्रम सिंह सामन्तले जानकारी दिनु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.