पोखराबाट बुद्ध एयरको भरतपुर र भैरहवा उडान

पोखराबाट बुद्ध एयरको भरतपुर र भैरहवा उडान

पोखरा : बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान सुरु गरेको छ। शुव्रmबार बिहान १० बजे १४ यात्रुसहित भरतपुर उडेको जहाजले फर्कंदा १८ यात्रु पोखरा ल्यायो। पाँच यात्रु लिएर भैरहवा उडेको जहाजले फर्कंदा १७ यात्रु ल्याएको थियो।

पोखरासँग उडान सम्बन्ध जोडिएको अवसरमा भरतपुरको पहिलो यात्रामा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे नेतृत्वको पर्यटन व्यवसायीको टोली पोखरा आएको थियो।

 दुवै गन्तव्यमा पर्यटक यात्रु लक्ष्य गरी बुद्धले उडान सेवा थालेको हो। बुद्धका पोखरा स्टेसन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट भरतपुरका लागि ३ हजार ६ सय र भैरहवाका लागि ४ हजार २ सय रुपैयाँ भाडादर तोकिएको छ। उनकै भनाइमा पोखराबाट भरतपुर १६ मिनेट र भैरहवा २० मिनेटको उडान अवधिमा पुगिन्छ।

पर्यटन व्यवसायी र सर्वसाधारणसमेतको आग्रहमा यी गन्तव्यमा उडान थालेको बुद्धका पोखरा स्टेसन म्यानेजर गौतम बरालले बताए। ५÷६ वर्षअघिदेखि नै सम्भाव्यता अध्ययन गरिरहेको गन्तव्यमा अहिले आएर उडान थाल्न सकेको जानकारी बरालले दिए।

नारायणगढ मुग्लिनको बाटो बिग्रेको बेला छ भनेर यो उडान सुरु नभएको भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले सुनाए। उनले भने, ‘कमाइ हालौं भनेर होइन, हाम्रो उद्देश्य दीर्घकालीन छ।’ यसअघि सन् २००५ मा बुद्धले पोखरा — भरतपुर र सन् २००७ मा भैरहवा उडान गरेको थियो। तर यात्रु अभावमा त्यो सेवा दीर्घायु हुन सकेको थिएन।

२००८ सालमा पोखरा विमानस्थल निर्माण भएपछि भने काठमाडौंभन्दा धेरै उडान भैरहवा हुने गरेको थियो। पोखराका व्यवसायीले बुटवल, भैरहवाबाट किनमेल गर्ने हुँदा त्यतिबेला भैरहवा उडान धेरै हुन्थ्यो। कालन्तरमा सिद्धार्थ र पृथ्वीराजमार्ग बनेपछि भने भैरहवासँग पोखराको हवाई उडानको सम्बन्ध टुटेको थियो।

भरतपुर पोखरा हवाई सम्बन्ध कायम भएको खुसीयालीमा पोखरा आएको क्षेत्रीय होटल संघ चितवनको टोली नेता सुमन घिमिरेले अन्नपूर्ण क्षेत्र घुमेका पर्यटक पोखराबाट चितवन पुग्न सजिलो हुने विश्वास व्यक्त गरे। मुलुक भित्रिएका ३० प्रतिशत चितवन आउने गरेकोमा अब थप हुने आशा पनि उनले गरे। बाढीबाट भर्खरै तङ्ग्रिएका सौराहाका होटलहरुमा प्राय ३०÷४० प्रतिशतमात्रै अकुपेन्सी हुने गरेको घिमिरेले बताए।

नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयका प्रमुख उदय भट्टराईले भारतीय सीमाबजारबाट पोखरा आउनेहरुका लागि भैरहवाको उडानले सजिलो बनाउने बताए। स्थलमार्गबाट नेपाल भित्रने पर्यटकमध्ये अधिकांश सुनौली हुँदै आउने गरेको पनि उनले सुनाए। ‘अब पोखरा र चितवनका व्यवसायीले भारतीय सीमा बजारमा अझै प्रवद्र्धन गर्नुपर्छ’, उनले भने।

पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पोखरा, चितवन र लुम्बिनीको सिल्भर ट्र्यांगल रुट अब साँच्ची नै चम्किने विश्वास व्यक्त गरे। होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बढीभन्दा बढी पर्यटक चितवन पठाएर उडानको स्थायित्वका लागि सहयोग गर्ने बचन दिए। नाट्टाका अध्यक्ष दिल गौतम र टानका अध्यक्ष दीपक अधिकारीले पनि तुलाचनको जस्तै भनाइ राखे। क्षेत्रीय होटल संघ चितवनका सदस्य केशव पाण्डले बुद्ध एयरले थालेको उडानबाट उत्साह थपिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.