बर्दिबासको नगरपालिकाको तीन वडा माओवादीले जित्यो
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ३ र १२ माओवादी केन्द्रले जितेको छ । वडा नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पदमा उमेदवार राजन ढुङ्गानाले १ हजार ३ सय ४१ मतले बिजयी भएका छन् । उनका विपक्षी नेकपा एमालेका दिलिपराज थापाले ७ सय ८७ मत मत ल्याएका हुन् । यसै वडामा नेपाली कांग्रेसका इन्द्र ढुङ्गेलले ७ सय ३ मत प्राप्त गरेका छन् ।
बर्दिबास नगरपालिकाकै वडा नम्बर १२ का माओवादी केन्द्रका वडा अध्यक्ष रामकिशोर साहले ८ सय १६ मत प्राप्त गरेर वडा अध्यक्षको चुनाव जिते छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनमोहन दाहालले २ सय ४३ मत ल्याएका छन् । त्यसैगरी यसै वडामा राजपाका ओहीद मियाँले २ सय ९ मत प्राप्त गरेका छन् ।
बर्दिबास नगरपालिको १, २, ३, १२, १३, १४ गरि ६ वडा को नतिजा सार्वजनिक भएको छ । बर्दिबास नगरपालिको १४ वडा मध्ये अहिलेसम्ममा माओवादी केन्द्रले ३, कांग्रेस २ र राजपाले १ वडा अध्यक्ष जितेका छन् ।
वडा नम्बर १ मा माओवादी केन्द्रका चुडामणी पोखरेलले विजयी भएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका चोलाराज प्याकुलेले जित हात पारेका छन् । त्यसैगरी वडा नम्बर १३ मा राजपाका श्याम प्रसाद राउत विजयी भएका छन् । वडा नम्बर १४ मा नेपाली कांग्रेसका भरत हमाले यस अघि नै जितिसकेका छन्।