अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रंगशाला बनाउन ग्लोबल टेन्डर

अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रंगशाला बनाउन ग्लोबल टेन्डर

 

पोखरा : पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्न ग्लोबल टेन्डर आह्वान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १० महिनामा काम सकिने गरी ग्लोबल टेन्डर आह्वान गरेको हो । १३औं सागलाई ध्यानमा राखी पोखराको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न टेन्डर आह्वानमा गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत सुविधा हुनेछ । फुटबल मैदान विश्व फुटबल महासंघ (फिफा)ले तोकेको मापदण्डअनुसार निर्माण हुने जानकारी पनि पौडेलले दिए । ट्र्याक एन्ड फिल्डतर्फ अन्तर्राष्ट्रिय मापदण्डको आठ लेनको सेन्थेटिक ट्र्याक, एक सय र चार सय मिटरको ट्र्याक निर्माणका लागि टेन्डरमा आह्वान गरिएको छ ।

 

स्टेडियम २० हजार दर्शक क्षमताको हुनेछ । स्टेडियमलाई आधुनिक फ्लड लाइटसहित स्कोर बोर्ड, डिस्प्ले बोर्डसमेत निर्माण गरिनु पर्नेछ । आगामी मंसिर २ गतेसम्म टेन्डर खरिदका लागि अन्तिम समय दिइएको छ । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिनुपर्ने टेन्डरमा उल्लेख छ । ‘स्टेडियम निर्माणका लागि करिब एक अर्ब रुपैयाँ खर्च हुनेछ । स्टेडियम निर्माण हुने वा नहुने भन्ने धेरै शंकाको बीच टेन्डर आह्वान सफल भएको छ । सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली खेलकुदका स्टेडियम तयार भइसक्नेछ’, पौडेलले भने ।

अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणले पोखरा खेलकुद पर्यटनको सहरका रूपमा समेत विकास हुने सहारा क्लब पोखराका अध्यक्ष केशव थापाले विश्वास गरे । २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको पोखराको फुटबल स्टेडियम मर्मतसम्भारको अभावमा पछिल्लो समय जीर्ण बनेको थियो । ‘फुटबल खेल सञ्चालन भइरहँदा स्टेडियम भत्केर ठूलो दुर्घटना हुने डर पोखरावासीमा थियो ।

अब आधुनिक स्टेडियम निर्माण भएपछि पर्यटकीय सहर पोखरा खेलकुदका लागि राम्रो गन्तव्य बन्नेमा दुविधा छैन’, थापाले भने । उनले स्टेडियमको निर्माणले नेपालकै खेलकुद विकासमा महत्वपूर्ण फड्को मार्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.