क्रिकेट संघको अध्यक्षमा मजगैयाँ
दाङः दाङ क्रिकेट संघको अध्यक्षमा प्रदीप मजगैयाँ निर्विरोध निर्वाचित भएका छन्। संघको दोस्रो साधारण सभाबाट मजगैयाँ अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन अधिकृत सनतकुमार श्रेष्ठका अनुसार संघको उपाध्यक्षमा अशोक रोकामगर, सचिवमा प्रणव आचार्य, कोषाध्यक्षमा राजीव शिल्पकार निर्वाचित भएका छन्।
त्यसैगरी संघको सदस्यमा सञ्जु केसी (पुरन), किशोरकुमार घर्तीमगर, कैलाश रोकामगर, बालकृष्ण खत्री, शिव श्रेष्ठ, राजीव उल्लाह खान, पञ्कज शर्मा, रुपेश शर्मा, मिनेश श्रेष्ठ, रमेशसिंह पुन, नमिता नेपाली रहेका छन्।