रुपन्देही-३ मा घनश्याम भुसाल र दीपक बोहोराको भिडन्‍त

रुपन्देही-३ मा घनश्याम भुसाल र दीपक बोहोराको भिडन्‍त

बुटवल : चर्चित नेताहरुको उम्मेदवारीले रुपन्देहीको चुनाव रोचक बन्ने देखिएको छ। राजनीतिक पार्टीका केन्द्रीय पदाधिकारी एक-आपसमा भिडेपछि चुनावी माहोल तातिएको हो। एमालेका उपमहासचिव घनश्याम भुसाल र राप्रपा प्रजातान्त्रिकका वरिष्ठ नेता दीपक बोहोराबीच क्षेत्र नम्बर तीनमा प्रतिस्पर्धा हुदैछ। भुसाल वाम गठबन्धन र बोहोरा कांग्रेसको गठबन्धनका उम्मेदवार हुन्। क्षेत्र नम्बर ३ को संरचना फेरिएपछि दुवै नेताले मतदाता भेटघाटका लागि भारतीय सीमा बेलहियादेखि बुटवल १९ सम्मको दौडधुप सुरु गरेका छन्।

०५२ सालको उप-निर्वाचनमा कांग्रेसका रामकृष्ण ताम्रकारलाई हराउदै संसद बनेका भुसाल त्यसयता संसद बाहिर नै रहेका छन्। त्यसअघि ०४८ सालमा रुपन्देही क्षेत्र नम्बर १ मा पराजित भएका थिए। पार्टीमा सैद्धान्तिक तथा वैचारिक क्षेत्रका मुख्य नेता भुसाल ०७० को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता बालकृष्ण खाणसँग ८५ मतले पराजित भएका थिए।

राप्रपाका बोहोरा पञ्चायतकालदेखिका सदाबहार उम्मेदवार हुन्। आफ्नै पार्टीका मधेस विभाग प्रमुख आनन्द गुप्ताकोे बागी चुनौतिसँगैै बोहोरा चुनावी मैदानमा होमिएका छन्। उनलाई नेपाली कांग्रेसले समर्थन गरेको छ। छैठौ पटक चुनावी मैदानमा उत्रिएका उनले ०७० निर्वाचनमा मात्रै विजयी भएका थिए।
भुगोल फेरिएको क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमाले बलियो देखिएको थियो। क्षेत्र नम्बर ३ मा पर्ने सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, सुद्धोधन गाउपालिकामा एमालेले जीत हासिल गरेको छ।

सो क्षेत्रमा वडाध्यक्षलाई परेको मतका आधारमा कांग्रेस गठबन्धन भन्दा वाम गठबन्धन झण्डै पाँच हजार मतले अघि रहेको छ। एमाले र माओवादी गठबन्धनको ३१ हजार ५ सय बढी मत छ भने राप्रपा प्रजातान्त्रिक र कांग्रेसको २६ हजार नौ सय मत रहेको छ। यो निर्वाचन क्षेत्रमा जनमुक्ति र फोरमको करिब चार हजार मत रहेको छ। सो निर्वाचन क्षेत्रमा फुट अघिको राप्रपाको मत ६ हजार मात्रै छ।
चुनावी मैदानमा तेस्रो पटक होमिएका भुसालले मूलुकमा स्थिर सरकार निर्माण गर्दै समृद्ध मुलुक बनाउनका लागि वाम गठबन्धन भएको बताए। गठबन्धनका ती कार्यभार पूरा गर्नका लागि आफू चुनावी मैदानमा उत्रिएको बताए।

‘रुपन्देही मात्रै नभई मुलुककै हितका लागि वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका छौं, उनले भने, ‘मतदाताहरुले उत्साहपूर्वक वाम उम्मेद्वालाई जिताउनुहुनेछ।’कांग्रेसको समर्थन पाएर चुनावी मैदानमा उत्रिएका नेता बोहोराले रुपन्देहीलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आफू फेरि पनि चुनावी मैदानमा उत्रिएको बताए।

वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिपक बोहोरा। तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.