‘म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्न’

‘म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्न’

भद्रपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै ठूला मिडियालाई विज्ञापन नदिएको बताएका छन्। झापाको भद्रपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै ओलीले आफूले नभइ आफ्ना शुभचिन्तकले ठूला अखबारमा शुभकामना दिएको हुनसक्ने बताए।

उनले भने, ‘मैले कुनै अखबारलाई विज्ञापन दिएको छैन। कसैले एमालेलाई सहानुभूति राखेर शुभकामना दिन्छ भने त्यो त राम्रै कुरा हो नि। फेरि अखबारले एमालेप्रति सहानुभूति राखेको पनि हुनसक्छ। तपाईं सञ्चारकर्मीले एमालेलाई सहयोग पुर्याउन सक्नुहुन्छ। त्यो नागरिक हकको कुरा हो।’ उनले अखबारमा भएको प्रचारको आफूलाई थाह पनि नभएको बताए।

ओलीले आफू कानुनको पालन गर्ने मान्छे भएकाले कानुन विपरित कुनै काम नगरेको दाबी गरे। उनले कानुनको खिल्ली उडाउने कांग्रेस पार्टी जस्तो आफू नभएको प्रष्ट पारे। उनले भने, ‘म कानुनको राज मान्ने हुँ। कानुन उल्लंघन मैले सोच्ने कुरै आउँदैन। म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्ने।’

अखबार छापिएको विज्ञापनका बारेमा निर्वाचन आयोगले काटेको २४ घण्टे पुर्जी अनावश्यक भएको ओलीले बताए। उनले सन्तुलन मिलाउनका लागि आयोगले पुर्जी काटेको हुनसक्ने बताए।

ओली दोस्रो चरणको निर्वाचनको केही दिन अघि गृह जिल्ला झापाका विभिन्न चुनावी कार्यक्रममा सहभागी हुन बुधबार झापा आएका हुन्। उनी केही दिन आफू उम्मेद्वार भएको झापा क्षेत्र नम्बर ५ का विभिन्न चुनावी कार्यक्रममा व्यस्त हुने एमाले झापाले जनाएको छ।

भद्रपुर विमानस्थलमा ओलीले देश बनाउन, देशमा विकास गर्न तथा सुशासनका लागि जनताले एमाले वा एमालेसँग गठबन्ध गरेको दल माओवादी केन्द्रलाई विजयी गराउने दाबी गरे।

उनले भने, ‘देश बनाउने हो भने अब वाम गठबन्धनका उम्मेदवारलाई भोट नहाली सुखै छैन।’

ओलीले असमानतालाई हटाउन र लोकतान्त्रिक अभ्यासलाई मजबुद बनाउन अब वाम गठबन्धनको विकल्प नभएको बताए। कांग्रेसले अहिले एउटै रटान ‘लोकतन्त्र खतरामा छ’ भनेर भन्नु उसको अरु कुनै बोल्ने बाटो नभएको ओलीको भनाइ छ। उनले भने, ‘साँचो लोकतन्त्र हामी दिन्छौँ। कांग्रेसले दिन सक्दैन।’

पहिलो चरणको निर्वाचन सकिएपछि पहिलो पटक गृह जिल्ला झापाका आएका ओलीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रहेको प्रतिक्रिया दिए। उनले पहिलो चरणको मतदानबाट अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गर्ने दाबी गरे।

मंगलबार काठमाडौंको बानेश्वरमा भएको वाम गठबन्धनको आमसभामा सडक अवरुद्ध नभएको दाबी समेत उनले गरे। ओलीले नेपालमा धेरै सडक बन्द भए तर एक दिन एकतिरबाट सवारी साधन चलिरहेको अवस्थामा पनि एमालेमाथि सडक बन्द गरेको आरोप लगाइएको विषय विरोध गर्ने स्थान नभेटेर कोकोहोलो मच्चाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.