बम विस्फोटका घाइते उम्मेदवारलाई हेलिकोप्टरमा काठमाडौं लगियो

बम विस्फोटका घाइते उम्मेदवारलाई हेलिकोप्टरमा काठमाडौं लगियो

गाईघाट : अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कांग्रेस उदयपुरका उमेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।

बुधबार दिउँसो कटारी नगरपालिका ७ रिस्कुका कार्की र गम्भीर घाइते भएकी उदयश्री बहुमुखी क्याम्पस कटारी नेविसंघ सभापति कटारी ३ की २३ वर्षीया मिरा कटुवाललाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो।

विस्फोटमा परी घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले जानकारी दिए।

उम्मेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस विस्फोटन हुँदा बा १ च ७८०६ नम्बरको बोलेरो पल्टिएको थियो।

प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार कार्कीको एउटा हात चलेको छैन् भने आँखाले समेत काम गरेको छैन्। शरीरका विभिन्न भागमा चोट लागेको स्थानीय बोधकुमार घिमिरेले बताए। उता घाइते कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नै नरहेको जनाइएको छ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ कांग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो। कार्की २०७० सालमा क्षेत्र ३ बाट निर्वाचित सांसद हुन्।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोटन गराइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.