उदयपुर विस्फोटका घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै

उदयपुर विस्फोटका घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं : एम्बुस विस्फोटमा घाइते भएका उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ।

कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ। अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कार्की उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार हुन्। कट्वाल उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघ सभापति हुन्।

अन्य घाइतेलाई पनि ल्याउने तयारी

विस्फोटमा घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले जानकारी दिए। उनीहरूलाई पनि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदैछ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ कांग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो। कार्की २०७० सालमा क्षेत्र ३ बाट निर्वाचित सांसद हुन्।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोटन गराइएको थियो।

सम्बन्धित समाचारः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.