११ हजार बालबालिका कुपोषित

११ हजार बालबालिका कुपोषित

जलेश्वर : महोत्तरीका ११ हजार बालबालिका कुपोषणको मारमा परेका छन्। त्यसमध्ये एक हजार आठ सय ८८ बच्चामा शीघ्र कुपोषण समस्या देखिएको छ। नौ हजार बालबालिकामा जटिल कुपोषण फेला परेको जिल्ला जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिएका छन्।

‘जिल्लामा ११ हजार बच्चा कुपोषित रहेको नेपालको जनसांख्यिक सर्भे १०१७ ले देखाएको छ', उनले भने। सहरी क्षेत्रभन्दा ग्रामीण भेगमा पोषिलो खाना अभावमा बच्चा कुपोषित छन्। गरिब तथा दलित समुदायका बच्चा कुषोणबाट बढी ग्रस्त छन्। बच्चालाई सन्तुलन मिलाएर खाना खुवाउने चेतना कमीले धनाढ्य परिवारकै बालबालिका पनि कुपोषित रहेको जनाइएको छ।

जनस्वास्थ्य निरीक्षक झाका अनुसार शीघ्र कुपोषण भएका पाँच सय बालबालिका स्वास्थ्य कार्यालयको सम्पर्कमा छन्। अन्यको खोजी भइरहेको छ। कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान सञ्चालन गरिने भएको छ।

‘सामान्य अवस्थाका बच्चाभन्दा शीघ्र कुपोषण भएकाहरूको मृत्यु नौ गुणा बढी हुन्छ भने कुपोषणको जटिलता रहेका बच्चाहरूको मृत्यु तीन गुणा बढी रहन्छ', जिल्ला जनस्वास्थ्य प्रमुख राजीवकुमार झा भन्छन्, ‘पहिलो चरणमा शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने योजनामा छौं। यी बच्चालाई उपचारका गरेर सुपोषित बनाउँछौं।'

उनका अनुसार ११ स्थानमा पोषण युनिट स्थापना गर्न लागिएको छ। बर्दिबास, लोहारपट्टी, रामगोपालपुर, गौशाला, पिपरा, एकडारा, बलवा, समरदही, बिजलपुरा र जिल्ला अस्पताल जलेश्वरमा कुपोषित बच्चा हेरचाहका लागि पोषण युनिट खडा गर्न लागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.