मलाई नै मुख्यमन्त्रीको जिम्मेवारी आउँछ

 मलाई नै मुख्यमन्त्रीको जिम्मेवारी आउँछ

 किरण गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा चर्चामा छन् । गुरुङ तनहुँ क्षेत्र नम्बर २ प्रदेस सभा (ख) बाट निर्वाचित सदस्य हुन् । गुरुङसँग अन्नपूर्णकर्मी पवन पौडेलले गरेको कुराकानी : 

वाम गठबन्धनको बहुमतपछि तपाईंलाई प्रदेश नं ४ को मुख्यमन्त्रीका रूपमा पनि हेरिएको छ, यसमा कत्तिको सम्भावना छ ?

- म जनताबाट निर्वाचित भएको छु। एमालेको प्रदेश ४ को इन्चार्ज पनि भएकाले स्वाभाविक रूपमा मेरो दाबेदारी रहन्छ। मलाई नै पार्टीले यो जिम्मेवारी दिन्छ भन्ने विश्वास छ। साथीहरू पनि मप्रति सकारात्मक हुनुहुन्छ। म यसैका लागि केन्द्रीय राजनीति छाडेर प्रदेशमा आएको हुँ। पार्टीले यस विषयमा नियमसंगत किसिमले छिनोफानो गर्छ।

मुख्यमन्त्रीका लागि मतदातामाझ जानुभयो। प्रदेश विकासका लागि तपाईंका योजना केकस्ता छन् ?

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मलाई प्रशस्त अवसर थिए। तर प्रदेशमा भूमिका निर्वाह गर्नुपर्छ भनेर पार्टीको सल्लाहमै म आएको हुँ। मैले तनहुँ मात्र नभई प्रदेशभरको विकासका लागि योजना लिएर मतदातामाझ गएको थिएँ। यस क्षेत्रलाई आर्थिक हिसाबले विकास गर्न सकिने सम्भावना प्रशस्त छ।

पर्यटन र जलविद्युत्को स्रोत उपयोग गर्दै रोजगारीका अवसर बढाएर यस क्षेत्रको विकास गर्न सकिन्छ। यहाँका सम्भावनाको पहिचान गर्न सके यस क्षेत्रलाई नमूना बनाउन सकिन्छ। यातायातको सञ्जाल बलियो पारेर रोजगारीसँगै आर्थिक क्रियाकलाप बढाउनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ। यस क्षेत्रमा शतप्रतिशत साक्षरता अनि प्रमुख मार्गलाई कोरला नाकासम्म जोड्न सके आर्थिक हिसाबले यो प्रदेश निकै अघि बढ्न सक्छ।

जिल्लाको विकासका लागि नि ?

मेरो निर्वाचन क्षेत्रमा रहेका स्थानीय सडकको स्तरोन्नति गरेर बाह्रै महिना गाडी चल्ने बनाउनेतर्फ लाग्नेछु। शृंगपथको विस्तार, भीमकाली सडक तथा कृष्णमार्गको स्तरोन्नति गर्नेछु। समग्रमा आर्थिक स्रोतको परिचालन र रोजगारी सिर्जनामा मेरो ध्यान जानेछ। आवश्यकताको पहिचान गर्दै योजनाबद्ध विकासका काम अघि बढाइनेछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.