थारु संग्राहलय लुम्बिनीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य : प्रचण्ड

थारु संग्राहलय लुम्बिनीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य : प्रचण्ड
सुन्नुहोस्

दाङ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाङको दंगीशरण- ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गरेका छन् । शुक्रबार उनले थारुहरूको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गरेका हुन् । 

थारु संग्राहलयको अवलोकन गर्दै दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताए । उनले संग्राहलयले पर्यटन प्रवर्द्धन, थारु संस्कृतिको संरक्षण,इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताए । 

उनले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्राहलय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताए । विभिन्न जातजातीहरूको इतिहास देखिने गरी यी र यस्तै संग्राहलयहरू स्थापना भएमा इतिहास जीवित रहने उनको भनाइ थियो । 

संग्राहलयहरूले इतिहास मात्रै जिवित नराख्ने भन्दै पर्यटकीय गन्तव्य निर्माण गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उल्लेख गरे । थारु संग्राहलयले पनि यो काम गरेको उनको भनाइ थियो । उनले संग्राहलयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राखेका थिए ।

संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारुहरूको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताए । संग्राहलयको अवलोकन पछि पूर्वमन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनसहन रितिरिवाज दर्साएको बताइन् । उनले अझै यसलाई विस्तार र विकास गर्न आवश्यक रहेको बताइन् । शर्माले संग्राहलाई वाह्य पर्यटन प्रवर्द्धनसँग जोडन जरुरी रहेको बताइन् । 

उनले लुम्बिनी र बर्दियामा आउने विदेशी पर्यटकलाई पनि यहाँसम्म ल्याउन सकियो भने यहाँको ऐतिहासिक धरोहरको थप प्रचार प्रसार हुने बताइन् ।  डा .तोसिमा कार्कीले थारु सास्कृति संग्राहलय परम्पारगत कुराहरु रहेको बताइन् । उनले जीवन कला संग्राहलयमा देखिएको बताइन्। यसलाई वल्डवाइट बनाउनुपर्नेमा उनले  जोड दिइन्। उनले जुनसुकै समुदायको व्यक्तिहरु पनि एक पटक थारु संग्राहलयमा आउन आग्रह गरिन् ।' यहाँ संस्कृति छ,इतिहास छ, कला छ, यहाँ हाम्रो कथा छ, यहा दैनिकी जिवन छ, तसर्थ पनि एक पटक सबै आएर हेरिदिनु होला,'उनले भनिन् ।

संघीय सदनका शिक्षा समिति सभापति अमर बहादुर थापाले थारु संग्राहलयमा थारुको इतिहास देखेको बताए । पहिचान र इतिहास देखाएको र संरक्षण भएको बताए । उनले इतिहासलाई संक्षण गर्नु राज्यको दायित्व भए पनि यहाँ समुदायले गरेको उल्लेख गरे ।  पछिल्लो समय थारु संग्राहलयमा राजनीतिक व्यक्तिहरुको अध्ययन र अनुगमनको थलो बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.