पाल्पामा आएर ब्यूँताए अर्थमन्त्री पौडेलले तिनाउ डाइभर्सन परियोजना
पाल्पा : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ भवनबाट जनताको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन्। पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्र सरकार र पालिकाको सहकार्यमा भवन निर्माण कार्यसम्पन्न भएकोले ३ वटै सरकार मिलेर जनता र राष्ट्रहितमा काम गर्नुपर्नेमा उप प्रधानमन्त्री सिंहले जोड दिएका हुन्।
स्थानीय सरकारसँग मिलेर काम गर्न केन्द्र सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानी साझेदारी अवधारणा ल्याएको उपप्रधानमन्त्री सिंहले जोड दिए।
पाल्पामा आएर ब्यूँताए अर्थमन्त्री पौडेलले तिनाउ डाइभर्सन परियोजना
राम्दी क्षेत्रमा ड्याम बाँधेर २७ किलोमिटर सुरुङ पाल्पाको दोभान तिनाउमा खसाल्ने, तिनाउमा विद्युत उत्पादनसहित रुपन्देही, नलपरासी र कपिलवस्तुमा सिचाई सुविधा पुर्याउने अर्थमन्त्री पौडेलले बताए। कालीगण्डकी तिनाउ डाइभर्सन परियोजनाको गण्डकी प्रदेशसँगै पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले विरोध गर्दै आएका छन्।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले मृत्युमार्गबाट चिनिएको सिद्धबावा क्षेत्रलाई जिवनमार्गको रुपमा सुरुङमार्गले पहिचान दिएको बताए। अब केहि समयमै बुटवलदेखि पोखरासम्म सिद्धार्थ राजमार्गलाई डवल डिडिकेटेट सडकको रुपमा विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए।
सिद्धार्थ डेडिकेटेट सडक निर्माणका क्रममा राजमार्गको विभिन्न ठाउँमा स-साना सुरुङ, पुल तथा घुम्ती सुधार गरी स्तरीय सडक निर्माण गरी सडक यातायातलाई छिटो छरितो र सजिलो बनाइने अर्थमन्त्री पौडेलले बताए। तानसेनको खानेपानी पूर्णरुपमा समाधान गर्न कालीगण्डकी खानेपानी योजना सञ्चालनमा रहेको, अधुरो माडी चक्रपथ निर्माण र लुम्बिनीको हिल स्टेशनको रुपमा विकास गर्न सरकारले अग्रसरता देखाउने अर्थमन्त्री पौडेलले बताए।
अर्थमन्त्री पौडेलले सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याई अनेकौँ अवरोधहरू हटाउँदै देशमा लगानी र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने बताए। कार्यक्रममा भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको सहभागिता रहेको थियो।
बगनासकाली गाउँपालिकाको भवन निर्माणको जिम्मा पाएको न्यू ड्रयागन आर एण्ड आ जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरी २०८० फागुन २ गते निर्माण सम्पन्न गरेको बगनासकाली गाउँपालिकाको नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन्। भवन निर्माण गर्नका लागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानी लागेको छ। जसमा स्थानीय सरकारको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत हिस्सा रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय भवन भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। ओलीको स्वास्थ्य कारण अन्तिम समयमा पाल्पा भ्रमण रद्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस !