सात जना विश्व गाइड थपिए

सात जना विश्व गाइड थपिए

काठमाडौं : विश्वभरका हिमालमा गाइड गर्न पाउने गरी ७ जना नेपाली गाइड थपिएका छन्। अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले परीक्षा उत्तीर्ण गरेका सातै जनालाई बिहीबार अन्तर्राष्ट्रिय गाइडको तक्मा र ब्याज दिएको छ।

१२ औं राष्ट्रिय गाइड दिवसका अवसरमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले उत्तीर्ण गाइडहरूलाई शुभकामनासहित प्रमाणपत्र वितरण गरेको संघका महासचिव फूर्वा नाम्ग्यल शेर्पाले बताए। अब अन्तर्राष्ट्रिय गाइड गर्न पाउनेमा दोलखा गौरीशंकरका दावा याङजुङ, पासाङ किदर, दावा गेल्जे, छिरिङ पेम्बा शेर्पा र संखुवासभाका पिम्बा तेन्जिङ भोटे, सोलुखुम्बुका दोमी सार्की र लोप्साङ शेर्पा छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकमा दावा तेम्बा र पेमाछिरी शेर्पा उत्तीर्ण भएका छन्। नेपालले विश्वभरका पर्वतारोहीहरूको छाता संगठन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको सदस्यता लिइसकेको छ।

संघको तथ्यांकमा अहिलेसम्म नेपाली अन्तर्राष्ट्रिय माउन्टेन गाइडको संख्या ५० जना र राष्ट्रिय माउन्टेन गाइडको संख्या १७ जना पुगेको छ। राष्ट्रिय गाइडले मापदण्डमा रहेको कोर्स पूरा गरेको ५ वर्षपछि अन्तर्राष्ट्रिय गाइडमा प्रतिस्पर्धा गर्न पाउने नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङले बताए। हालसम्म हिमाल रहेका २६ देशका पर्वतारोहीको सहभागितामा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ गठन भएको छ। नेपाली गाइडले अन्तर्राष्ट्रिय मान्यता पाएपछि विश्वभरका हिमालमा उत्कृष्ट काम देखाउने गरेकाले अन्तर्राष्ट्रिय पर्वतारोहणमा नेपाली अगाडि रहेको प्रशिक्षक छिरिङ पाण्डे भोटेले बताए। उत्तीर्ण गाइडले नेपाल, नर्वे, अमेरिका, स्विजरल्यान्ड, फ्रान्स, अर्जेन्टिनालगायत देशका हिमालमा गाइड गर्दै आएका छन्।

 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.