जुवा खेलिरहेका नायव सुब्बासहित १५ पक्राउ
नुवाकोट : रसुवाको टिमुरेबाट होटल तथा मेसमा जुवा, तास खेलिरहेका भन्सारका कर्मचारीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सारका नासु, सवारी चालक र व्यापारीको समूह रहेको बताइएको छ ।
उनीहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिएको सिमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले बताए । उनीहरुबाट वरामद गरिएको २१ हजार रुपैया नेपाल सरकारको राजश्व खातामा जम्मा गरिएको छ ।
पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गर्न चाहेन ।