हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ: प्रधानसेनापति

हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ: प्रधानसेनापति

धरानः प्रधानसेनापति राजेन्द्र क्षत्रीले युवाहरुलाई सकारातमक बाटोमा डोर्याउन सके देश विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् । उनले भोलिको देशको अभिभारा बोक्ने आजका युवाहरुलाई सरकारले सकारातमक बाटोमा डोर्याएर देश निर्माणमा लागउनु पर्ने सुझाव दिएका छन् ।

शुक्रवार मोरङको केरावारी गाँउपालिकास्थित राष्ट्रिय सेवा दल पूर्वी शिक्षालय याङशिलाको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै क्षत्रीले सबै नागरिकहरु अनुशासित, निष्ठावान र जिम्मेवारी भएमात्र देशको रक्षा गर्न सकिने बताएका छन् ।

क्षेत्रीले नेपाली सेनाले देशको स्वाधिनताको रक्षाका लागि कसैसँग पनि सम्झौता नगर्ने पनि बताए । ‘देशमा संकट पर्यो भनेर नेपाली जनताले चिन्ता गर्नुपर्दैन’, प्रधानसेनापती क्षेत्रीले भने, ‘नेपाली सेना आफू मरेर भएपनी देशको स्वाधिनताको रक्षा गरी छाड्ने छ ।’ उनले युवाहरुलाई सकारात्मक बाटोमा लागेर देश निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।

प्रधानसेनापति क्षत्रीले देशमा संकट परेका वेला सेनाले महत्वपूर्ण योगदान गरेको बताउर्दै युवाहरुलाई राष्ट्रिय सेवा दलको तालीम दिएर देशमा संकट परेको वेला तयारी अबस्थामा राख्नु पर्ने धारण व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय सेवा दलको सय दिने तालीम लिएका पाँच सय ३५ जना विद्यार्थिहरुलाई दज्र्यानी चिन्ह समेत प्रदान गरेका थिए । सेनाले दिएको तालीमले राष्ट्र निर्माणमा थप सहयोग पुर्याउने विश्वास थापाले व्यक्त गरेका छन् । उनले सरकारले युवाहरुलार्य देश निर्माणका लागि नेतृत्व क्षमता विकासका पशिक्षण दिएर देश निर्माणमा लगाउनु पर्ने समेत बताएका छन् ।

‘भोलिको देश हाँक्ने युवाहरु हुन्’, उनले भने, ‘युवाहरुलाई अब कुलतमा होइन, नेतृत्व क्षमता अभिबृद्धि गरी देश निर्माणको काममा लागाउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.