बाघको हड्डीसहित तीन पक्राउ
नेपालगन्ज : बाघको हड्डीसहित प्रहरीले तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले दाङबाट पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक सञ्चित केसीको नेतृत्वमा गएको टोलीले बबई गाउँपालिका—४ सुन्दरखाल निवासी ५९ बर्षीय पुर्णबहादुर हमाल, सोही ठाउँका ५० बर्षिय काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका—१ का ४५ बर्षीय चन्द्रबहादुर ओलीलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय खिलतपुरमा बुझाइएको प्रहरीको भनाइ छ ।
विशेष सुराकीका आधारमा नेपालगन्जबाट गएको टोलिले उनीहरुलाई बबई गाउँपालिका—४ हापुरेबाट नियन्त्रणमा लिएको हो ।