सेफ्टी ट्याङ्कीको पर्खाल भत्किँदा भारतीय नागरिकको मृत्यु
दमक : झापाको कमल गाउँपालिका–५ मा शुक्रबार पुरिएर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अररिया ठेलापुर ठाना सिक्ठी–५ तेराखादका ५० बर्षिय गोजानन्द सरदार रहेको प्रहरीले बताएको छ ।
स्थानीय हेमराज कार्कीको घरमा ट्वाईलेट मर्मत गर्ने क्रममा सेफ्टी ट्याङ्कीको पर्खाल भत्कीएर खाल्डोमा पुरिँदा गम्भिर घाइते भएका सरदारको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा विहान ८ बजे मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार घटनाबारे थप अनुसनधान भइरहेको छ ।