दुर्घटनामा एकको मृत्यु
काठमाडौ : झापाको पाडाजुँगी–गौरादह सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट गौरादह नगरपालिका–१ का २८ वर्षीय भानु थापाको मृत्यु भएको छ ।
मे८प ४०८७ नं को मोटरसाइकलमा सवार थापालाई गौरादहबाट आइरहेको मे १ त ४५०१ नंको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस