३२ लाख भारतीय रुपैयाँ सहित एक पक्राउ
काठमाडौ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३२ लाख रुपैयाँ सहित शुक्रबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नम्बरको गाडी जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई रकमसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको बताए ।
चौधरीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । रासस