छुट्टाछुट्टै दुर्घटनामा सर्लाहीमा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा सर्लाहीमा दुईको मृत्यु

मलंगवा : सर्लाहीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा शुक्रबार राति दुई जनाको ज्यान गएको छ। नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपाकिाल ६ लक्ष्मीपुर कोद्राहमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो।

गैरबाट नवलपुर आउँदै गरेको ज १ त २२१३ नम्बरको ट्रयाक्टर पल्टिँदा चालक सोही ठाउँका २० वर्षीय जनसहिल मन्सुरको ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। उपचारका क्रममा मोडल अस्पताल नवलपुरमा मन्सुरको ज्यान गएको थापाले बताए।

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी १ लखन्देही पुलमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ। पुलको पूर्वी सीमाना नवलपुर तर्फ जादैं गरेको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका ४ सासापुरका ध्रुवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ।

नवलपुरमा ट्युसन पढेर साइकलमा घर फर्किँदै गर्दा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्बरको ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारपछि  थप उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटैमा ज्यान गएको हो। दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुस्सु लाग्न थालेसँगै लखन्देही पुलमा केही साता अघिदेखि पटक–पटक सवारी दुर्घटना भैरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.