२५ हजार घुससहित प्राधिकरणका सुपरभाइजर पक्राउ
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई पक्राउ गरेको छ । उनलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिइएको आयोगले जनाएको छ ।