सामाजिक परिचालक गुरुङविरुद्ध अख्तियारको मुद्दा
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाकी सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको दुई लाख १२ हजार ५४७ रुपैयाँ कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस