११०० लिटर बढी घरेलु मदिरा बरामद
नुवाकोट : नुवाकोट प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । नुवाकोटका विभिन्न स्थानबाट एकहजार पाँचसय ५० लिटर अवैध मदिरा नियन्त्रण गरि नष्ट गरिएको हो ।
अवैध मदिराको उत्पादन, ओसारपसार र विक्रि रोकी समाजमा जघन्य अपराध नियन्त्रण गर्न यो अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तवहादुर कुंवरले बताए । विदुर नगरपालिकाको सिमुटार, कोलोनी, देवीघाट र ग्रामीण क्षेत्रको छहरेबाट बरामद गरिएको मदिरा स्थानीय संचारकर्मी, कर्मचारीको रोहबरमा प्रहरीले नष्ट गरेको हो ।
प्रहरीले बसमा राखेर काठमाडौ लैजाँदै गरेका क्रममा वुधबार पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडकखण्ड ककनीबाट समेत चारसय लिटर अवैध मदिरा नियन्त्रणमा लिएको छ । उक्त मदिरा पनि नष्ट गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !