पूर्वराजाले उत्तररामेश्वरम धामकाे दर्शन गरे

पूर्वराजाले उत्तररामेश्वरम धामकाे दर्शन गरे

धनगढी : लामो समयदेखि पश्चिममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडीमा रहेको शिवपुरी धामस्थित उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गरेका छन्। बुधबार दिउँसो नेपालगञ्जबाट धनगढी आएका उनले १०८ फिट अग्लो ज्योर्तिलिंगको दर्शन गरेका हुन्।

पूर्वराजाको स्वागतका लागि पञ्चायतकालिन पूर्व माननीय कैंया चौधरीको संयोजकत्वमा मुल स्वागत समारोह समिति गठन गरेर राजाबादीले उनको धनगढीमा भव्य स्वागत गरेका थिए। मन्दिरदेखि झण्डै पाँच सय मिटर धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयसम्म फुलमालासहित समर्थकहरु लाम लागेर पूर्व राजाको स्वागत गरेका थिए।

पूर्वराजाको स्वागतका लागि पञ्चकन्याहरु र लक्ष्मीनारायण मन्दिरका बटुकहरुले स्वस्तीबाचन सहित शिवपुरी धामको मुल गेटमा स्वागत गरेका थिए। मन्दिर व्यवस्थापन समितिले पूर्वराजा मन्दिर दर्शनका लागि आउने थाहा पाएपछि मन्दिरको तीन÷चार दिनदेखि नै सरसफाइ गरिएको थियो। राजाका समर्थकले मन्दिरको मुल गेटदेखि मन्दिरसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरेका थिए।

पूर्वराजाले धाम परिषरमै रहेको १०८ फिटको शिवलिंग, मुक्तिनाथको मन्दिर र नेपाल आमाको मन्दिरको पनि दर्शन गरेका थिए। शिवपुरी धाममा पूर्वराजाले पौने घण्टा पूजा पनि गरेका थिए। मन्दिर व्यवस्थापन समितिले धामको मुख्य मन्दिरमा पूर्वराजाको पूजाको तयारी गरेको थियो। मन्दिर दर्शन र पुजा पछि पूर्वराजा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भएका थिए।

मन्दिर दर्शन र पूजा पछि पुर्वराजाले मन्दिरको व्यवस्थापन देखेर आफुलाई धेरै खुसी लागेको प्रतिक्रिया दिएका थिए। मुलुकको अवस्थाका बारेमा पत्रकारले सोधेको प्रश्नको उत्तरमा उनले आफू त्यसबारेमा भने केही नबोल्ने बताए। मुल स्वागत समितिले पूर्वराजा ज्ञानेन्द्र शाहसँगै पुर्व रानी कोमल, बुहारी हिमानी छोरी प्रेरणासहित आउने बताएपनि उनीहरु भने आएका थिएनन।

पाँच वर्षदेखि महायज्ञका माध्यमबाट शिवपुरी धाममा दानको रकमले मात्रै झण्डै चार करोडका संरचना बनाइका छन्। हरेक वर्षको फागुन १ गते देखि १० गतेसम्म धाममा महायज्ञको आयोजना हुँदै आएको छ। पूर्वराजालाई धामको गुरुयोजनाबारे जानकारी गराएको र धामको विकासका लागि आर्थिक सहयोगका लागि पनि प्रस्ताव गरेका शिवपुरी धाम व्यवस्थापन समितिका अध्यक्ष श्याय तायलले बताए

नेपालगञ्जमा सोल्टी होटल प्रालीको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र एक हप्तादेखि त्यहाँ बसिरहेका छन्। उक्त होटलमा पूर्वराजाको लगानी रहेको बताइन्छ। सोल्टीको नेपालगञ्जमा पनि पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.