डोटीका सरकारी कार्यालयमा तालाबन्दी

डोटीका सरकारी कार्यालयमा तालाबन्दी

डोटी : प्रदेश नम्बर ७ को राजधानी माग गर्दै डोटी जिल्लाका सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्ला प्रशासन कार्यालयबाट सुरु गरेको तालाबन्दी अन्य सबै सरकारी कार्यालयमा आन्दोलनकारीले तालाबन्दी गरेका हुन्। आन्दोलनकारीले जिल्ला प्रशासनमा तालाबन्दी गर्नुका साथै घेराउ गरे ।

जिल्ला सदरमुकाम सिलगढीका विभिन्न स्थानबाट आएको जुलुस स्थानीय इन्द्रचोकमा एक भएर सरकारका विरुद्धमा नाराबाजी गर्दै र्‍याली निकालेर जिल्ला प्रशासनतर्फ गएको थियो। प्रशासन कार्यालयको गेटमा ताला लाउन खोज्दा एक पटक झडपको स्थिति समेत उत्पन्न भएको थियो।

आन्दोनकारीले जिल्लाको पूर्वीचौकी गाउँपालिकाको साझघाट शिखर नगरपालिका लगायतका ठाउँमा पनि चक्का जामका कार्यक्रम सुरु गरेका छन्। प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुको प्रवेशद्वारको रुपमा रहेको डोटीको बुडर क्षेत्रमा समेत आन्दोलनकारीले बन्द गरिरहेका छन्। बन्दले गर्दा प्रदेश नम्बर ७ का तराईका दुई जिल्लाबाहेक अन्य जिल्लामा सवारी साधन चल्न सकेका छैनन्।

त्यसैगरी बिहीबार क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सरकारी कार्यालयमा प्रादेशीक राजधानी तथा मन्त्रालयका बोर्डहरु समेत झुण्ड्याउने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खड्काले जानकारी दिए। सरकारले प्रादेशीक राजधानी डोटी कायम नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले बताएको छ।

नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला दहन

आन्दोलनकारीले तालाबन्दीका साथै नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरेका छन्। ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि भट्टको पुत्ला दहन गरेका हुन्।

डोटीमा १०/१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै एक सञ्चार माध्यममा बिहीबार बिहान अन्तरवार्ता दिएपछि भट्टका विरुद्धमा पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए। जिल्लाका मुख्य सहर तथा ग्रामीण भेगमा समेत प्रर्दशन गरिएको छ।

जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ती दिएको भन्दै भट्टका विरुद्धमा नाराबाजी समेत गरिएको छ। कैलालीको अत्तरिया निवासी समेत रहेका माओवादी केन्द्रका नेता भट्ट अत्तरिया राजधानी बनाउनुपर्ने धारणा राख्दै आएका छन्। उनको पुर्खेउली घर समेत डोटीनै रहेको छ।

जिल्लाका शैक्षिक संस्था बन्द
प्रादेशिक राजधानीको माग गर्दै डोटीमा भैरहेको बन्दको समर्थनमा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन्। निजी तथा सामुदायिक बिद्यालयका सञ्चालक, ब्यवस्थापन समितिको संयुक्त बैठकले आन्दोलनको समर्थन गर्दै आज शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शैलेश्वरी ऐकेडेमीका सञ्चालक अन्जीता श्रेष्ठले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.