नियम मिच्दै कर्मचारी नियुक्ति सुरु
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले नियमविपरीत कर्मचारी नियुक्ति प्रकृया सुरु गरेको छ। मन्त्रालयले सम्बद्ध निकायमा रिक्त रहेको मुख्यपदमा ६ जना कर्मचारीको नियुक्ति पक्रिया थालेको हो।
लुम्बिनी विकास कोष र तारागाउँ विकास समितिमा एक-एकजना सदस्य सचिव, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति, देवघाट क्षेत्र विकास समिति, खप्तड क्षेत्र पर्यटन विकास समितिका लागि कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रकृया सुरु गरेको छ। कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्नु पर्ने भए पनि छोटोबाटो अपनाउदै मन्त्रालयले मंगलबार गोरखापत्रमा सात दिने सूचना प्रशासन गरेको छ। यता सम्बन्धीत कार्यालयको वेवसाइडमा समेत सूचना राखिएको छैन।
यता मन्त्रालयका प्रशासन शाखा उपसचिव टेकनारायण पौडेलले मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी नियुक्ति प्रकृया सुरु गरेको बताए। मापदण्डले कुनै पनि नियुक्ति गर्दा प्रकृया निर्धारण गरेर प्रतिस्पर्धाको आधार नियुक्ति गर्ने उल्लेख भए अनुसार सूचना जारी गरेका पौडेलको भनाइ छ। सूचनाको म्याद कति राख्ने भन्ने भन्दा पनि मन्त्रीस्तरीय निर्णयलाई छिटो कार्यन्वय गर्न लागि परेको पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !