चर्किदै गाउँपालिक केन्द्र विवाद : मोटरसाइकल र ट्याक्टर तोडफोड
गोरखा : गाउँपालिकाको केन्द्र सार्ने निर्णय फिर्ता गर्ने दबाबस्वरुप आयोजित चक्काजाम उल्लंघन गरेको भन्दै बन्दकर्ताले गोरखाको खान्चोक बजारमा मोटरसाइकल र ट्याक्टर तोडफोड गरेका छन् । शुक्रबार बिहान गोरखाबाट आरुघाटतर्फ जाँदै गरेको एमजी बिक सवार ना १२ प ९०१० नम्बरको मोटरसाइकल र लु ३ त ३६३ नम्बरको ट्याक्टर तोडफोड गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बन्दकर्ताले मोटरसाइकलमा सवार विकलाई कुटपिट समेत गरेका छन् । कुटपिटपछि टाउकोमा चोट लागेका विकको घ्याम्पेशलकै मेडिकलमा उपचार भइरहेको छ । बन्दकर्ताले टायर बालेर गोरखा आरुघाट सडक खण्ड समेत अबरुद्ध पारेका छन् ।
यसअघि बिहीबार संयुक्त संघर्षसमितिले भीमसेन गाउँपालिकाको कार्यालयमा ताला लगाएका समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले बगुवामा रहेको कार्यालय घ्याम्पेशालमा सार्न निर्णय गरी प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस !