‘मुटुको ढुकढुकी’मा सोहम र एलिनाको रोमान्स (भिडियो)
काठमाडौं : पछिल्लो समयका चर्चित गीतकार नृप्रेश उप्रेतीका शब्द सिर्जनामा तयार भएको गीत ‘मुटुको ढुकढुकी’को म्यूजिक भिडयो सार्वजनिक भएको छ ।शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।
भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीको आकर्षक अभिनय रहेको छ । दामन, कुलेखानीलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा सोहम र एलिनालाई रोमान्स निकै प्रेमिल रुपमा पस्तुत भएको देख्न सकिन्छ ।
म्युजिक भिडियोको निर्देशन सोम कुस्कुमाझीले गरेका हुन् । यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा छ। अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !