ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
मोरङ : उर्लाबारी नगरपालिका–१ मा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका माझीको उपचारका क्रममा स्थानीय मंगलबारे अस्पतालमा मृत्यु भएको बताइएको छ ।
ट्रयाक्टर नियन्त्रणमा भए पनि चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब नीरिक्षक धनबहादुर अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !