सुन्तलाको बिमा गर्न कृषकको माग
सन्धिखर्क : अर्घाखाँचीको पाणिनी गाउँपालिका १ पणेना सिम्लेका कृषकले सुन्तला खेतीको बिमा गरिदिन सरकारसँग माग गरेका छन्। कहिले रोग त केहिले असीनाले सुन्तला खेती नस्ट हनथालेपछि कृषकले बिमाको माग गरेका हुन्।
विगतका वर्षमा सुन्तला बिक्रीबाट ३ करोड भित्रिने सिम्लेमा यस वर्ष असीनाले नोक्सान गरेपछि उत्पादनमा आधा घटेको छ। सुन्तला बिक्रीबाट डेढ करोड रुपैयाँ मात्र भित्रिने भएको कृषक रेवतीराज पौडेलले बताए।
सिम्लेमा मात्र ४९ जना सुन्तला खेती गर्ने कृषक छन्। तथ्यांक संकलन गर्दा असीनाले आधा उत्पादन घटेको र आम्दानी पनि ५० प्रतिशतले घटेको कृषकले बताए।
प्रतिक्रिया दिनुहोस !