तापक्रममा अस्वाभाविक घटबढ

तापक्रममा अस्वाभाविक घटबढ

 

काठमाडौं : केही समययता एकै समयमा न्यूनतम र अधिकतम तापक्रममा अस्वाभाविक घटबढ हुने गरेको छ । ४० वर्ष यताको रेकर्ड हेर्दा हिउँदमा न्यूनतम तापक्रममा ठूलो घटबढ भएको देखिन्छ ।

आइतबार उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री रह्यो भने जुम्लामा ८.७ डिग्रीमा पुग्यो । जल तथा मौसम विज्ञान विभागको रेकर्ड हेर्दा ०५६ माघ २ मा जुम्लाको तापक्रम माइनस १३.८ डिग्री र उपत्यकामा ०३४ पुस १७ मा न्यूनतम तापक्रम ३.५ पुगेको थियो । विश्वव्यापी रूपमा पृथ्वीको तापक्रम बढे पनि समय र मौसमअनुसार तापक्रममा घटबढ हुने गरेको जल तथा मौसस विज्ञान विभागको भनाइ छ । तापक्रम घटबढ हुनुमा सहरी क्षेत्रमा कार्वनजन्य वस्तु उत्सर्जन हुनु नै मुख्य कारक रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिए ।

सवारी प्रदूषण, कोइला, पेट्रोलियम र ग्यास प्रयोग गरी घरलाई न्यानो राख्नेदेखि औद्योगिक उत्पादनमा प्राकृतिक इन्धन प्रयोग गर्ने क्रम बढ्नुले तापक्रम घटबढ हुने गरेको उनको भनाइ छ ।

हरितगृहमा ६५ प्रतिशत प्रभाव पर्नुमा कार्बनडाइअक्साइड नै कारक रहेको अध्ययनले देखाएको छ । प्रतिवेदन हेर्दा सय वर्षमा पृथ्वीको सतहको औसत तापक्रम झन्डै ०.८ डिग्री सेल्सियस बढेको देखिन्छ । यता, ६ हजारदेखि ९ हजार मिटर उचाइसम्मको हिमाली क्षेत्रमा न्यूनतम तापक्रम माइनस ३६ डिग्री सेल्सियससम्म पुगेको छ ।

०५६ सालअघि बढी चिसो भएका क्षेत्रमा त्यसयताको समयमा तापक्रममा तलमाथि हुने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले बताइन् । ‘०५६ अगाडि न्यूनतम तापक्रम बढेको थियो ०५७ र ०६६ मा पनि न्यूनतम तापक्रम बढेको तथ्यांक छ’, उनले भनिन् ।

माघ पहिलो सातासम्म न्यूनतम तापक्रम घट्ने समय भएकाले अझै चिसो बढ्ने उनको अनुमान छ । न्यूनतम तापक्रमलाई एकरुपता ल्याउन वायुप्रदूषण नियन्त्रण र वातावरण अनुकूल हुने गरी उद्योग, कल कारखाना, इलेक्ट्रिक यातायातका साधनको प्रयोग, कार्वनजन्य वस्तुको कम प्रयोग, वन क्षेत्रको विकास गर्नुपर्ने वातावरणविद्को सुझाव छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार जाडोका कारण ६ जनाको मृत्यु भइसकेको छ । विभागको तथ्यांक हेर्दा उपत्यकामा २०६९ मा माइनस २ डिग्री, २०७३ माघ १ मा उपत्यकामा शून्य दशमलव ४ डिग्री, २०७२ पुस ९ मा शून्य, २०७१ पुस २६ मा १.५ डिग्री थियो । एकै समयमा तापक्रम घटबढ हुने गरेको रेकर्डबाटै स्पष्ट देखिन्छ ।

पश्चिमी वायुले बनाउने न्यूनचापीय रेखा र क्षेत्रका कारण चिसो बढ्ने र हिमपात हुने विभागको अनुमान छ । ‘हिमपात नभए पनि चिसो बढ्ने र चिसो बढेपछि हिमपात हुने’ महाशाखाको भनाइ छ । विभागले हिमपात, चिसो, मनसुनी खतरा देखिए जानकारी दिने काम गर्दै आएको छ ।

मौसमको प्रत्येक वर्ष भएका उतार चढावको ३० वर्षसम्मको अवस्था हेर्दा तापक्रममा बढ्दो अवस्थामा छ । तर, तराईमा हिउँदमा तापक्रम ह्वात्तै घटेको छ । हिउँद र बर्खामा न्यूनतम र अधिकतम तापक्रममा एकरुपता नहुँदा तराईमा शीतलहर र पहाडी क्षेत्रमा हिमपात हुने गरेको मौसमविद् वरुण पौडेलले बताए ।

भौगोलिक बनावटले फरक पार्दा हिमाली क्षेत्रमा ४ गुणा तापक्रम बढेको छ । मापनकेन्द्र सहर र बाक्लो मानव बस्तीमा केन्द्रित हुँदा न्यूनतम तापक्रमको तथ्य मापन हुन सकेको छैन । चिसोको स्तर र काठमाडौंको बिहानीपख परेको तुषारो हेर्दा तापक्रम अझै कम हुनुपर्ने मौसमविद् बताउँछन् ।

न्यूनतम तापक्रम बढेका दिन

हिमाली क्षेत्र जुम्लाको न्यूनतम तापक्रमको अवस्था

०५६ माघ २ मा जुम्लाको तापक्रम माइनस १३.८ डिग्री

०७४ पुस २३ जुम्लामा ८.७ डिग्री

 

उपत्यकाको न्यूनतम तापक्रम

०३४ पुस १७ मा माइनस ३.५ डिग्री

०६९ मा माइनस २ डिग्री

०७१ पुस २६ मा १.५ डिग्री

०७२ पुस ९ मा शून्य डिग्री

०७३ माघ १ मा उपत्यकामा ०.४ डिग्री

०७४ पुस २३ गते शून्य डिग्री सेल्सियस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.