मिचिएको सीमा क्षेत्रमा पुगेर वाईसीएलले गाड्यो नेपाली राष्ट्रिय झण्डा

मिचिएको सीमा क्षेत्रमा पुगेर वाईसीएलले गाड्यो नेपाली राष्ट्रिय झण्डा

काठमाडौं : माओवादी केन्द्र निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल) ले पर्सामा नेपाली भूमि मिचिएको क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा गाडेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित विवादित नेपाल भारत सीमा क्षेत्रमा पुगेर वाईसीएलले राष्ट्रिय झण्डा गाडेका हुन् ।

वाईसीएलले आफ्नो भूमि रक्षाका लागि सीमानामा उभिन तयार रहेको समेत बताएको छ । भारतले सीमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएका वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले जानकारी दिए ।

महतो सो क्षेत्रमा चार कठ्ठा जग्गा भारतले मिचेको छ । महतोको अनुसार त्यस वरीपरी भारतले करिब ५० बिघा जग्गा मिचेको बताए । दीपशिखाले मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा क्याम्प नै खडा गरेर बस्ने उद्घोष गरेका छन् ।

त्यस्तै वाईसीएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वाईसीएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people, people standing, mountain, sky, outdoor and nature

Image may contain: sky, outdoor and nature


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.