यी हुन् जनमोर्चाका राष्ट्रिय सभा उम्मेदवार
काठमाडौं : राष्ट्रिय जनमोर्चाले माघ २४ हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छनोट गरेको छ। जनमोर्चाले प्रदेश नम्बर ४ बाट दुई जना र प्रदेश ५ बाट एक जना गरी तीन जनालाई उठाउने निर्णय गरेको छ।
उसले प्रदेश ४ बाट खुलातर्फ कृष्ण अधिकारी र महिलाततर्फ मिना पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने प्रदेश ५ बाट खुलातर्फ रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।