राष्ट्रिय सभा : विवेकशील र नयाँ शक्तिको प्रस्तावमा राधेश्याम अधिकारी कांग्रेस उम्मेदवार

राष्ट्रिय सभा : विवेकशील र नयाँ शक्तिको प्रस्तावमा राधेश्याम अधिकारी कांग्रेस उम्मेदवार

काठमाडौ : विवेकशील साझा पार्टी र नयाँ शक्ति नेपालले राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेका छन्। कांग्रेस, विवेकशील र नयाँ शक्तिको छलफल पछि प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिवक्ता राधेश्याम अधिकारीलाई मतदान गर्ने निर्णय गरेको हो।

विवेकशीलका प्रवक्ता सुर्यराज आचार्यले राष्ट्रिय सभा जस्तो गरिमामय संस्थालाई पार्टीका नेता र कार्यकर्ताको भागबण्डाको थलो बनाइएको अवस्थामा कांग्रेसले तुलनात्मक पमा अधिवक्ता अधिकारी जस्तो व्यक्तिलाई उम्मेदवार बनाएकोमा सकारात्मक रुपमा लिदै मतदान गर्ने निर्णय गरेको बताए।प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा विवेकशील साझा पार्टी समेतको मतभारबाट विजयी हुने उम्मेदवारले पार्टीगत स्वार्थभन्दा माथि उठेर महत्वपूर्ण विषयमा राष्ट्रिय हितलाई सर्वोपरी राखी विवेकको आवाज अभिव्यक्त गर्नेछन् भन्ने विश्वास गरिएको छ। नयाँ शक्तिले पनि प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिकारीलाई मतदान गर्ने निर्णय गरेको छ।

प्रदेश ३ मा राष्ट्रिय सभामा कम्तिमा एक स्थान जित्न २३९२ मत आवश्यक पर्छ। जसमा विवेकशीलको जम्मा मतभार १४४ रहेको छ भने नयाँ शक्तिको ६६ मतभार रहेको छ। कांग्रेसको मतभार २२१४ रहेको छ। विवेकशील र नयाँ शक्तिले साथ दिएपछि अधिकारी राष्ट्रिय सभा सांसद हुने पक्का भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.